आदरणीय, अमेरीकी गैर-आबासिय नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण (एन.आर.एन.) साथीहरु !
गत अगष्ट ११ र १२ मा हुने भनिएको NRN अमेरिकाको निर्वाचन मितिले बाध्यताबस अर्को मोड लिएको अबगतै छ । तर सस्थालाई सधै यसरी अन्योल र केहि अप्ठ्यारा परिस्थितिहरुबाट निकास दिनु पर्छ, भन्ने मान्यतासंगै हामी सबै सस्थाको हित र भलाइका लागी लड्ने तत्परतालाइ आत्मासाथ राखी केहिदिन अगाडी निर्वाचन आयोगसंग एउटा सहमति र सहकार्य भएको जानकारी गराउदै, उमेदारका सानातिना त्रुटीलाइ सच्याउन मौका दिइने र छोटो सूचना जारी गरी,आबश्यक नपुग कागजपत्र प्रक्रियागत ढंगले तोकिएको मीती भित्र उमेदारले पेश गरेमा , फेरी उमेद्वारी कायम गरीने र चाडो भन्दा चाडो निर्बाचनको मिति तोक्ने एउटा सहमिति र सहकार्य भएको हुँदा यहि नै निकासको उचित र सरल बाटो अपनाई मैले टेनेसी अदालतबाट मुद्दा फिर्ता लिएको जानकारी गराउन चाहन्छु /
हो, म अदालतको ढोका सम्म पुगें, तर फेरीपनि म यो अनुरोध गर्छु, NRN अमेरिकाको निर्वाचनलाई बिथोल्ने मेरो कुनै मनशाय होइन र हुनेछैन मात्र मेरो माग सानातिना त्रुटीलाइ सच्याउने मौका पाउनुपर्छ र निर्बाचनमा भाग लिन नपाउने बैधानीक अधिकारबाट आज जसरी बन्चित गरियो, भोलिका दिनमा पनि यो अबस्था कुनै सदस्य लगायत कुनै प्रत्यासीलाइ नपरोस भन्ने पनि हो /
अन्त्यमा स्वच्छ प्रतिस्पर्धीको हिसावले चुनावमा भाग लिउं, हार, जित आफ्नो ठाउमा छ, हार्दैमा सर्बश्व केहि सकिदैन, जितेर जानेले लिएको नेतृत्वलाइ बलियो र संगठित बनाउन सहयोग गरौ , समाजसेवा त्याग र बलिदानको स-मिश्रण हो / नैसर्गिक अधिकार सहित आफ्नो नेतृत्व छान्न र चुनिन पाउने बैधानिक अधिकार पाउने तर्क र आशा राख्दै , सहकार्य गरी अघि बढ्ने प्रतिबद्ता ब्यक्त गर्दछु !
धन्यबाद
पूर्ण चन्द्र बानिया
अध्यक्ष
NRN क्यालिफोर्निया च्याप्टर
तथा
महासचिवको उम्मेदवार ( एन.आर.एन.अमेरिका )
२०१७-२०१९
प्रतिक्रिया