हिन्दूधर्मको मूल्य, मान्यता र आदर्शलाई प्रतिष्ठापित गर्दै नेपाललाई विश्वको एक मात्र ‘हिन्दू राष्ट्र’को गौरवता पुन: प्रदान गर्ने अभियानमा गहकिलो भूमिका निर्वाह गर्दै आउनु भएका युवा महागुरू श्रीनिवासाचार्यको ज्यान लिने अभिप्रायले गत चैत्र २४ गते भएको कायरतापूर्ण आक्रमणको घोर निन्दा गर्दछौं ।
निश्चय पनि हिन्दूत्व नेपाल र नेपालीको गौरवपूर्ण आस्था हो । मुलुकको राष्ट्रिय जीवनलाई सद्भाव, मेलमिलाप र एकताको सूत्रमा आबद्ध गर्ने एउटा शक्तिपुन्ज पनि हो । नेपालको परम्परा, संस्कार र स्वभावविरूद्ध विगतमा जसरी हिंसा, हत्या र आतंकको जुन शिलशिला सुरू भयो त्यसले हाम्रो सामाजिक एकता, सद्भावलाई बिटुलो बनाएको तथ्यलाई अस्वीकार गर्न सकिन्न । एउटा विशुद्ध धार्मिक चिन्तन बोकेर हिंड्ने निहत्था योगीको हत्या गर्ने चेष्टाले मुलुक अभिभावकविहीन रहेको तथ्य पनि पुष्टि हुन आउँछ ।
हिन्दूधर्मलाई मनोगत रूपमा कमजोर र अपाहिज बनाउने देशीविदेशी षड्यन्त्रको कडी नै हो योगीको हत्या प्रयास । सम्पूर्ण हिन्दुवादी संघसंस्था, व्यक्ति र शक्ति एकजूट भै हिन्दूधर्मको संस्थापना र उक्त घटनाको यथार्थ छानविन गरी दोषी उपर कडा कारवाहीको लागि एकताबद्ध हुन अपील गर्दछौं ।
अमेरिका वासी नेपाली हिन्दु एकता संघ परिवार,अमेरिका ।
- तुलसीराम कँडेल
- अरुण रुपाखेती
- राजेन्द्र खनाल
- मीनबहादुर थापा
- मुकुन्द अधिकारी
- डिल्लीराम अधिकारी
- खिलराज पन्डित
- कृष्णहरि थापा
- किशोर वि. क.
- कमला प्रसाई
- आकाश ढकाल
- भैरवबहादुर केसी
- प्रदीप खड्का
- दुर्गा श्रेष्ठ
- विष्णु पौड्याल
- चक्र खड्का
- मेघराज ढुंगेल
- अर्जुन कुमार ढुंगेल
- हुमबहादुर वस्नेत
- निश्चल सिलवाल
- आनन्द लुईटेल
- माधव शर्मा
- विमल आचार्य
- चेतनारायण पौडेल
- पवन जीसी
- राधा मिश्र
- भीमसेन घिमिरे
- छत्र श्रेष्ठ
- नवराज पुडासैनी
- र अन्य थुप्रै हिन्दु धर्मप्रति आस्थावान सम्पूर्ण साथीभाइ तथा गुरुहरु
अमेरिका संयोजक राजेन्द्र खनाल (धार्मिक सभा नेपाल)
![]()
प्रतिक्रिया