आदरणीय पत्रकार मित्रहरु,
नमस्कार ।
नेपाल डे परेड २०१६ साल देखि न्युयोर्क शहरमा शुरुवात गरिएको नेपाली डायस्पोराको संयुक्त अभियान हो । प्रवासमा नेपाल र नेपालीको पहिचानलाई गरिमामय ढंगले उच्च राख्नको निम्ति यसका परिकल्पना गर्नेहरुको उद्धेश्य थियो र रहीआएको छ । तसर्थ, कुनै आग्रह अथवा पूर्वाग्रह विना सांगठानिक रुपमा विविधता भएका सबै खालका नेपाली संघ-संस्थाहरुको सामुहिक अभियानको रुपमा नेपाल डे परेडलाई गत दुई वर्षदेखि निरन्तरता दिइरहेका छौ । यो गौरबशाली अभियानलाई प्रारम्भ गर्ने क्रममा फिप्नाका तत्कालिन अध्यक्ष लुईसाङ वाईवा तामाङको कन्भेनरसिपमा पहिलो नेपाल डे परेड सम्पन भएको हो । नेपाल डे परेड संयुक्त अभियान भएकोले सबै संघ-संस्थाका प्रतिनिधि एवं समाजका स्वतन्त्र व्यक्तित्वहरु स्टेरिंग कमिटिमा रहेर एतिहासिक दुई परेडहरु सम्पन्न भएको छ । परेडको मुख्य ब्यानरमा “नेपाली अमेरिकी समुदाय” परेडको आयोजक रहेको स्पष्ट लेखिएको त्यस्ता दस्तावेज अझै पनि जो कोहिले संकलन गर्न चाहेमा प्राप्त गर्न सकिन्छ ।तथापी तत्कालिन फिप्नाको अध्यक्ष/कन्भेनरको सहमतिमा अस्थायी प्रयोजनको लागि फिप्नाको नन् प्रफिट स्टाटस् परेडको निम्ति प्रयोग गरिएको थियो । तर यसको अर्थ नेपाल डे परेड फिप्नाको निजि र एकल कार्यक्रम भने थिएन । अस्थायी प्रयोजनको लागि सहमति अनुसार परेडको प्राविधिक आवश्यकता परिपूर्ति गर्नको निम्ति फिप्नाको नन् प्रफिट स्टाटस् उपयोग गरिएको थियो । परेड फिप्नाको कार्यक्रम नभएको तथ्यलाई फिप्नाका वर्तमान अध्यक्षले एउटा बैठकमा स्वीकार गर्नु भएको छ । यसको अर्थ नेपाल डे परेडमा फिप्नाको कुनै महत्व छैन भन्ने पनि होइन । परेड हामी सबै नेपालीहरुको साझा अभियान हो । यो नेपाली डायस्पोराको पहिचान मात्र नभएर हाम्रो सम्पदा पनि हो ।
आर्थिक प्रतिवेदन सम्बन्धमा :
केहिस समयदेखि नेपाल डे परेडको आर्थिक पाटोलाई लिएर एउटा समूहले नकारात्मक भ्रम सृजना गर्ने कोसिश भइरहेको छ । आयोजकले आर्थिक अनियमितता गरेको एक पक्षीय आरोप लगाइएको छ जहाँ कुनै प्रमाण नै छैन । पहिलो परेडको अडिट रिपोर्ट पहिलो परेडको स्टेरिङ कमिटीले अनुमोदन गरेको छ भने दोश्रो परेडको अडिट रिपोर्ट दोश्रो परेडको स्टेरिङ कमिटिले अनुमोदन गरिसकेको छ । यसरी अधिकारिक निकायले अनुमोदन गरिसकेको आर्थिक प्रतिवेदनलाई सामाजिक संजाल मार्फत अपारदर्शिता र अनियमितताको कुतर्क गर्नु अनैतिक मात्र नभएर एक खालको अराजकता नै हो । सम्बन्धित निकायसँग सरोकारवालाले औपचारिक अनुरोध गरेको खण्डमा आर्थिक प्रतिवेदनको एक प्रति उपलब्ध गराउन परेडको स्टेरिङ कमिटीलाई कुनै आपत्ति रहन्न थियो । तथापी २०१६/२०१७ को संयुक्त स्मारिका प्रकाशन गर्ने क्रममा आर्थिक प्रतिवेदनलाई स्मारिका मार्फत सार्बजनिक गर्ने योजना रहेकोले सोचे जस्तो छिटो छरितो नभएको मात्र हो । तर यसलाई अनियमत्ताको संज्ञा दिइनु पाईन्न । पहिलो र दोश्रो परेडबाट संकलित रकमको वचत नेपाल डे परेडको खातामा सुरक्षित छ ।सरोकारवाला कसैले हेर्न चाहेमा सम्बन्धित निकायसँग समन्वय गरेर कुनै पनि समय हेर्न सकिनेछ ।
नेपाल डे परेड संस्था दर्ता सम्बन्धमा:
नेपाल डे परेड डायस्पोराका नेपालीहरुको साझा अभियान हो । यो अभियानलाई कानुनी तथा ब्यबहारिक सार्थकता दिनको निम्ति “नेपाल डे परेड” लाई संस्थाको रुपमा दर्ता गरिएको हो । परेडको अनुमति-पत्र र बैंकिङ कारोबार गर्नको निम्ति साथै परेड आयोजकको बारेमा कहीं कतै अन्योलता नछाओस् भन्ने उद्देश्यले नेपाल डे परेड संस्था दर्ता गरिएको हो । यो संस्था ५०१ (सी)३ अन्तरगत नन् प्रफिट संस्थाको रुपमा दर्ता छ जसरी डायस्पोराका धेरै संस्थाहरु दर्ता छन् ।
संस्था संचालन सम्बन्धमा:
नेपाल डे परेडको बोर्ड गठन गरिने छ जहाँ डायस्पोराका विभिन्न क्षेत्रबाट स्थानीय व्यक्तित्वहरु संग्लग्न हुने छन् । विधान अनुसार गठन हुने यो बोर्डले हरेक वर्षको लागि परेडको स्टेरिङ कमिटि गठन गर्ने छ जसले परेडको आयोजना गर्ने छ । यो संस्थाले वार्षिक रुपमा एक मात्र कार्यक्रम गर्ने छ – त्यो हो “नेपाल डे परेड” ।
नेपाल डे परेड २०१८ स्टेरिङ कमिटी सम्बन्धमा:
नेपाल डे परेडको स्टेरिङ कमिटी परेड आयोजनाको लागि गठन गर्ने गरिएको छ । हाम्रो यो सामुहिक अभियानलाई सामुहिक नेतृत्व मार्फत २०१६ साल देखि सम्पन्न गर्दै आएका छौ । पहिलो परेड २०१६ को स्टेरिङ कमिटीले दोश्रो परेड २०१७ को स्टेरिङ कमिटी गठन गरेको हो भने दोश्रोले तेश्रो परेड २०१८ को स्टेरिङ कमिटि गठन गरेको छ । रविकिरण कोइराला तेश्रो नेपाल डे परेड २०१८ को कन्भेनर सर्बसहमति ढंगले चयन भएका हुन् ।
धन्यवाद ।
कन्भेनर, नेपाल डे परेड २०१८
कन्भेनर, नेपाल डे परेड २०१७
कन्भेनर, नेपाल डे परेड २०१६
प्रतिक्रिया