हिरोशिमा, जापान, ९ अक्टोबर
जापानको हिरोशिमामा बालसाहित्यकार विजयराज आचार्यको बालकथासङ्ग्रह ‘आकाश ओढ्ने जिन्दगी’ सार्वजनिक गरिएको छ । जापानको हिरोशिमाको भ्रमणमा रहेका वरिष्ठ साहित्यकार प्रा.डा. रामकुमार पाँडे, कृष्ण बजगाईं, प्रकाश पौडेल माइला, शिरोमणी दवाडी, किरण पौंडेल, अश्विनी कोइराला, दीप पाठक र रविन शर्माले संयुक्तरुपमा उक्त कृति सार्वजनिक गरे ।
सन् १९४५ को आणविक बमले ध्वस्त बनाएको उक्त भग्न भवन अगाडि गरिएको पुस्तक सार्वजनिक कार्यक्रम पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै लेखक आचार्यले यो घरको नियती र मेरो उस्तै भए पनि मेरो घरलाई प्राकृतिक क्रुरताले डामेको थियो भने यस घरलाई युद्ध नायकको क्रुरताले ध्वस्त पारेको बताए । उनका अनुसार वि.सं. २०७२ मा नेपालमा आएको महाभुकम्पले आफ्नो घर ध्वस्त पारेपछि घरवार विहिन भएको बेला लेखिएका कथाहरु ‘आकाश ओढ्ने जिन्दगी’मा रहेको छ ।
आणविक आक्रमणले ध्वस्त पारिएको हिरोशिमाको पुननिर्माण गरे पश्चात आधुनिक सहरको रुपमा विकाश भए पनि युद्धको दुःखद परिणामबाट शिक्षा मिलोस् भनेर उक्त भवनलाई भग्न अवस्थामै राखिएको छ । उक्त भवन पर्यटकको आकर्षणको केन्द्र रहिआएको छ ।
प्रतिक्रिया