अनेसासको बोर्ड अफ ट्रस्टीको सभापतिमा डा श्याम कार्कीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने

विजय थापा २०७५ कार्तिक १२ गते २२:५० मा प्रकाशित

डीसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रस्टीको सभापति पदमा डा श्याम कार्कीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने हुनु भएको छ ।

आगामी डिसेम्बर २०१८ भित्र अनेसासको बोर्ड अफ ट्रस्टीको निर्वाचन हुने भएकोले डा कार्कीले दोश्रो पटक सभापति पद मै उम्मेदवारी दिने निर्णय गर्नु भएको हो । निर्वाचनको लागि भिम कार्कीको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन समिति निर्माण गरिएको छ । निर्वाचन समितिमा भिम कार्की प्रमुख तथा तिर्थ पाण्डे र बेदराज बस्नेत समिति सदस्यमा रहनु भएको छ ।

डा कार्की ४ दशक भन्दा अगाडी अमेरिका आउनु भएको हो भने वहा विभिन्न संघ/संस्थाका विभिन्न पदमा रहेर सफलतापूर्वक जिम्मेबारीपूर्ण काम गरि सक्नु भएको छ । गैर आवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष समेत रहनु भएका डा कार्की हाल मेरिल्याण्ड सरकारका साउथ एसियन अमेरिकनका आयोगका आयुक्त समेत रहेका रहनु भएको छ ।

अनेसासमा लामो समय देखि आबद्ध रहनु भएका डा कार्की अनेसासको बोर्ड अफ ट्रस्टीको सभापतिमा २०१४-२०१८ सम्मको लागि सभापतिमा निर्वाचित हुनु भएको थियो ।

अनेसासको बोर्ड अफ ट्रस्टीमा हाल करिव ५० जना ट्रस्टी सदस्यहरु रहेका छन् भने यिनीहरु बाटै चुनिएर नेतृत्वमा जानु पर्ने हुन्छ । डा कार्कीले एक कार्यकालमा आफूले संतोषजनक काम गरेको र अझ पनि केही काम गर्न बाँकी रहेकोले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने विचार गरेको ईनेप्लिजलाई बताउनु भएको छ ।

र आफ्ना साथीभाई र संस्थासंग सम्बन्धित आबद्ध संग सरसल्लाह गरेर पुन: दोश्रो पटकको लागि आफू सभापतिमा लड्ने सोच बनाएको बताउनु भयो । डा कार्कीले अगाडी भन्नु भयो आफ्नो नेतृत्वमा अनेसासको रजत जयन्ति मनाइएको ,बोर्ड अफ ट्रस्टी र अनेसास केन्द्रिय समिति बीच आफूले पुलको काम गर्दै सुमधुर सम्बन्ध स्थापना गर्न सफल भएको तथा आगामी दिनमा अनेसासको भवन निर्माण गर्ने योजना समेत अगाडी बढाई सकेको बताउनु भयो ।

यसै गरि अनेसासले प्रदान अर्ने पुरस्कारहरुलाई अझ उपल्लो स्तरमा लैजाने ,गरिमामय बनाउने तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलनको आयोजना गर्ने योजना समेत रहेको बताउनु भयो । आफ्नो नेतृत्वमा बोर्ड अफ ट्रस्टीले केन्द्रिय समितिका हरेक कार्यक्रमलाई सहयोग र समर्थन गरेको बताउनु भयो ।

साथै साथीभाईहरुको आग्रह अनुरोधलाई समेत मध्यनजर गर्दै दोश्रो कार्यकालको लागि सभापति (चेयर ) पदको उम्मेदवार बन्ने भएकोले सबैले समर्थन तथा सहयोग गर्न समेत अनुरोध तथा आव्हान गर्नु भएको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया