बिगत चार वर्षदेखि अमेरिकाको बोस्टनमा मासिक रुपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ | साहित्यकार महेश्वर पन्तको संयोजन तथा शारदा पन्तको प्रायोजनमा आयोजित रात्रीभोज सहितको उक्त उत्सवमा बिभिन्न साहित्यकार तथा संगीतकारद्वारा कविता, गीत – गज़ल र सांगीतिक कोशेली प्रस्तुत गरिएको थियो |
कार्यक्रमको प्रथम चरणमा बोस्टनका प्रशिद्ध तवला वादक प्रेमसागर खतिवडा तथा हरिमाया अधिकारीद्वारा सांगीतिक गीत गज़ल प्रस्तुत गरिएको थियो भने दोश्रो चरणमा डेढ दर्जन कविहरूले सिर्जना बाचन गरेका थिए |
दीपा राई पुनबाट सुरु भएको कविता वाचनमा ममता कर्माचार्य, अनु शाह, गोवर्धन पूजा, महेश्वर पन्त, नारायण श्रेष्ठ, लव अधिकारी ,चिरन्जीवि आचार्य, जयराम रेग्मी , थानीरत्न कंडेल, अग्नि पराजुली, प्रकाश खड्कालगायतले सहभागिता जनाएका थिए | कार्यक्रमका सभापति अग्नि पराजुलीले आगामी कार्यक्रम न्युह्याम्पश्यारमा गर्ने प्रतिबद्दता जनाउदै कार्यक्रमको प्रायोजन उमा पराजुलीले गर्ने घोषणा गरे |
प्रतिक्रिया