नव दुर्गा नेपाली स्कूलको प्रेस-वक्तव्य

इनेप्लिज २०७६ भदौ ६ गते २:२३ मा प्रकाशित

प्रेस-वक्तव्य, अगस्त २२, २०१९

कार्यक्रम:   नव दुर्गा नेपाली स्कूलको ई. सं.  २०१९/२०२० का लागि बिधार्थी भर्ना तथा अभिमुखीकरण कार्यक्रम

कहाँ:      दुर्गा मन्दिर (भुइँ तलाको हल), फेअरफ्याक्स स्टेसन, भर्जिनियाँ

कहिले:     अगस्त २५, २०१९, आइतबार

समय:     मध्यान्न १२ देखि दिउँसो ३ बजे सम्म

नव दुर्गा नेपाली स्कूलले आयोजना गर्ने माथि उल्लिखित कार्यक्रममा सहभागी भई यस स्कूलका बारेमा जानकारी लिन, उपलब्ध सीमित सीटहरुमा आफ्ना बाल-बालिकाहरुलाई भर्ना गर्नुहुन, र अध्यापन सामग्रीका बारेमा जानकारी लिन यस क्षेत्रका स्कुल जाने उमेरका बालबालिका का अभिभावक हरुलाई आव्हान गर्दछौं। यस अवसरमा तपाइहरुले हाल भर्ना भएका बिधार्थीहरु, तिनका अविभावकहरु, शिक्षकहरु, तथा बोर्ड मेम्बरहरुसंग भेटघाट गर्न पाउनुहुने छ । साथै, स्कूलका बिगतका क्रियाकलापहरु, भविष्यका योजनाहरु, पाठ्यक्रम, अध्यापन क्यालेन्डर, र अतिरिक्त क्रियाकलापहरुका बारे पनि जानकारी लिन सक्नुहुनेछ। त्यसैगरी, स्कूलमा विभिन्न भूमिकाहरू निर्बाह गर्न स्वयं-सेवकको भूमिकामा पनि आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ । तीज पर्व आउनै लागेकाले आमा दिदी-बैनीहरुलाई तीज झल्कने पहिरनमा आउनुहुन आग्रह गर्दछौं ।

प्रेषक: नव दुर्गा नेपाली स्कूल संचालक समिति

वेब-साइट: https://navadurganepalischool.org/

 

नव दुर्गा नेपाली स्कूल 1986 Internal Revenue Code, Section 501(c)(3) अन्तर्गत भर्जिनिया मा दर्ता भएकोर २०१५ देखि सन्चालित एक गैर-नाफा मूलक शैक्षिक संस्था हो।

प्रतिक्रिया