व्यावसाहिक वकिल समाज (प्रोफल) बाट जारी प्रेस विज्ञप्ति

इनेप्लिज २०७६ चैत १८ गते २०:३० मा प्रकाशित

यस प्रोफल को राहत सहायता वितरण कार्यक्रम अन्तगत आज द्रास्रो पटक बुटवल उपमहानगरपालिका वडा नं. १५ मा लकडाउनको प्रभावबाट दैनिक छाकटार्न समस्यमा परेका अतिविपन्न त्रिपन्न परिवारका ३०० जती व्यक्तिलाई उनीहरुको घरघर मा पुगी एक हप्ताका लागी आवश्यक दाल, चामल, नुन, तेल समेतका खाद्य सामग्री बितरण गरियो । यो पुनित कार्यक्रम उक्त १५ नं. वडा कार्यलयको व्यवस्थापन सहयोग बाट सम्पन्न भएको थियो । वितरण गरिएको खाद्य सामग्री आफ्ना स्वर्गीय पिताश्री गोविन्द वियोगीको स्मृतीमा छोरी रोशनी वैद्य मलेगो, छोरा ज्योति वैद्य र छोरी डा. चादनी वैद्य श्रेष्ठले दानस्वरुप उपलब्ध गराउनु भएको थियो । यस्तै गरी पहिलो कार्यक्रम हिजो १६ नं. वडामा सम्पन्न भएको थियो ।

यस द्रोस्रो राहत वितरण कार्यक्रम सफल गर्न सहयोग गर्ने १५ नं. वडा कार्यालय परिवार, वडा नंं. १५ का वडा अध्यक्ष डम्मर बहादुर भण्डारी र खाद्य सामग्री दाताहरु समेतलाई यस प्रोफल ले हार्दिक धन्यवाड ज्ञापन गर्दछ ।

कमल प्रसाद मलेगो
अध्यक्ष
व्यावसायीक वकिल समाज (प्रोफल)
बुटवल
२०७६।१२।१८

प्रतिक्रिया