लोक दलको राहतबारे प्रेस विज्ञप्ति ।

इनेप्लिज २०७६ चैत २३ गते १३:०८ मा प्रकाशित

हामीले अभावग्रस्त परिवारलाई दाल, चामल, नुन लगायत नगद रु. ५०००÷– सहितको राहत सामग्री वितरण गर्न लगातार सरकारसँग माग गरिरहेको अवस्थामा अहिले अर्थ मन्त्रालय, नेपाल सरकारले मिति २०७६।१२।१९ गते श्रमिक वर्ग र असहायलाई मात्र नगद बिनाको चामल ३० किलो, दाल ३ किलो, नुन २ प्याकेट, खाने तेल २ लिटर, साबुन ५ वटा र चिनी २ किलो दिईने निर्णय गरेको गरेको छ ।

जबकि समाजमा रहेका पिछडावर्ग समुदाय (दलित, जनजाती, ओबीसी) का अधिकांश परिवार तथा अन्य कमजोर र गरिब वर्ग अहिले अभावग्रस्त छन् । विगतदेखिको केही दिनको लगातारको लकडनका कारण देशभरका सबै शहर र गाउँका प्रायः सबै परिवार अभाव झेलिरहेका छन् । यस्तो अवस्थामा विदेशका कतिपय देशका सरकारहरुले घरमा बसेका सबै परिवारको बैंक खातामा सिधैं एक÷दुई महिनाको खर्च वापत नगद नै पठाएको छ । तर यो संकटका बेला नेपाल सरकरले भेदभावपूर्ण तरिकाले आफ्नो मतदातालाई लक्ष्ति गरी राहत वितरण गर्नु कदापी न्यायसंगत होईन् ।

तसर्थ सरकारले यसलाई सुधार गरि सबै अभावग्रस्त परिवारलाई रु. ५०००÷– नगदसहित घोषित सामग्री सहितको राहत तत्काल वितरण गरोस् । धनी वर्ग र दाताहरुले सरकारको राहत कोषमा सहयोग गरिरहेकै छन् र गर्ने नै छन् तर सरकारले आफ्नो राहत कोषबाट समावेशी तरिकाबाट सबैलाई सहयोग पुग्ने गरी राहत वितरण गर्नु नै व्यवहारिक हुनेछ । तर अहिलेको विश्वव्यापी महासंकटको बेला राहत वितरणमा पनि राजनीतिक आस्थाको आधारमा भोटर छुट्याउनु दुःखद् पक्ष रहेको छ ।

जय समाज

कौशल कुमार सिंह
अध्यक्ष, लोक दल
मो. ९८५११३३८६१, ९८०८१५४२९५
मिति ः २०७६।१२।२३ गते ।

प्रतिक्रिया