यस हेम सरिता पाठक फाउन्डेसनले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गर्ने कुरा जानकारी गराइन्छ ।
कविताको विषय सन्दर्भ: भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन रचना पठाउने नियम यसप्रकार छन् :
१.आफ्नो कविता इमेल मार्फत पठाउनुपर्नेछ ।
२.कविता टाइप गरेको हुनुपर्नेछ ।
३.कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ ।
४.कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वत: अस्वीकृत हुनेछन् ।
५. एकजना कविले एउटा मात्र कविता पठाउन सक्नेछ । एकभन्दा बढी आएमा कविता स्वतः बदर हुनेछन् ।
६.कविता कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ ।
७.कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।
८.प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिनेछ ।
९.प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।
१०.प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।
११.कविता प्राप्त हुनुपर्ने अन्तिम दिन ३० जेठ २०७७ हुनेछ ।
१३.पुरस्कार : नगद १०००/- यु.एस.डलर (प्रमाणपत्रसहित) हुनेछ।
१४.पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका कविताहरुको सम्बन्धित कविहरुले आआफ्नो स्वरमा भिडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ ।
१५.यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको सङ्ग्रह प्रकाशित गरिनेछ ।
सम्पर्क :
Email : [email protected]
Phone No : 9851059354
आयोजक:
हेम सरिता पाठक फाउन्डेसन
भवदीय,
राधेश्याम लेकाली
संयोजक
भ्रष्टाचार विरूद्घ कविता प्रतियोगिता तयारी समिति एवं साहित्य विभाग प्रमुख
प्रतिक्रिया