पूर्ण भयो “अनेसास दर्पण” समूह

इनेप्लिज २०७७ भदौ २५ गते १९:२४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको डिजिटल पत्रिका “अनेसास दर्पण”को सम्पादन समूहले पूर्णता पाएको छ। यसको कार्यकारी सम्पादकमा हरि काफ्ले “शैव”(अमेरिका) मनोनित भएका छन् ।

यसैगरी सम्पादक मण्डलमा डी आर न्यौपाने सूर्य (कोरिया) ,धनिराम सापकोटा- (अमेरिका) ज्ञानु अधिकारी( नेपाल),हेमन्त गिरी (जापान), मदन पौडेल (बेलायत), मनोज न्यौपाने ( नेपाल ), नमराज लामिछाने- (साउदी) , नीलकण्ठ सुवेदी – (अमेरिका),प्रदीप खनाल (सिक्किम), रमेश दाहाल (नेपाल ), सुरेश पोख्रेल (अमेरिका) र यादव देवकोटा (पोर्चुगल) रहेका छन् । यसअघि नै प्रकाशनको प्रधान सम्पादकमा लालगोपाल सुवेदी मनोनित भइसकेका छन् ।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा ५ सेप्टेम्बरमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।मनोनित सम्पादकहरूको कार्यकाल दुई वर्षको रहने छ ।

प्रतिक्रिया