गैर आवासीय नेपाली संघ को प्रेस बिज्ञप्ति

इनेप्लिज २०७७ भदौ २६ गते १:०२ मा प्रकाशित

आदरणीय पत्रकार मित्रहरु

नमस्कार,

यहाँहरुलाई अवगत नै छ गैर आबसिय नेपालि संघ अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला तथा ज्ञान सम्मेलन सेप्टेम्बर ४ तारिकबाट शुरू भइ आज ६ तारिकमा सकिएको छ। यो कार्यक्रमको आयोजक एन सी सी को रुपमा एनआर एन क्यानडा रहेको थियो। तीन दिनसम्म चलेको सम्मेलनका क्रममा विभिन्न विषय माथि अन्तरक्रियात्मक कार्यशालाहरु देखि विभिन्न विधामा विज्ञहरूका ज्ञान सम्बन्धी कार्यपत्रहरु सञ्चालन भएका थिए। सम्मेलन बाट आएको ज्ञान रुपान्तरण सम्बन्धि निचोडलाई समेटेर टोरोन्टो घोषणापत्र जारी गर्दैछौँ। यो घोषणापत्र एनआरएनए आइसिसी मार्फत नेपाल सरकार लाई हस्तान्तरण गरिने छ र योजना आयोगका योजनाहरुमा समावेश गर्न पहल गरिने छ।

उक्त कार्यक्रम सम्पन्न गर्न उत्तर अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षमा क्षेत्रीय उपसंयोजक राम पोखरेल, युवा संयोजक विमला सापकोटा, महिला संयोजक उमा कार्की थापा तथा आईसीसी सदस्य गोपी कृष्ण काफ्ले आयोजक राष्ट्र बाट कोअर्डिनेटर तथा एनआर एन क्यानडाबाट अध्यक्ष चिरन्जिबी घिमिरे तथा अमेरिका बाट सुनिल शाह सहित सबै आईसीसी एस कमिटीका सदस्यमा राखिएको थियो। दोस्रो विज्ञ सम्मेलनका लागि डा लक्ष्मी पाठक संयोजक, डा आमोद पोखरेल अमेरिका बाट बिशेष कोलाबेलेटर तथा क्यानाडा बाट खाध्य वैज्ञानिक नारायण घिमिरे उपसंयोजक रहनुभएको थियो। कार्यक्रममा बिभिन्न कमिटी बनेका थिए जस अन्तर्गत पब्लिक रिलेसन ढुण्डिराज पाण्डे, इभेन्ट कमिटिमा चिरञ्जीवी घिमिरे तथा एन आर एन क्यानडा, मिडिया कोअर्डिनेटरमा गोपी कृष्ण काफ्ले, रजिष्ट्रेशनमा रविन्द्र घिमिरे, स्वयंसेवक अभिमन्यु बस्नेत, कल्चर कृष्णा शर्मा काफ्ले, फाइनान्समा होमनाथ गौतम, आईटी कमिटीमा राजन त्रिपाठी, र्यापोर्टरमा मणि पनेरु नेपाली रहनुभएको थियो।

कार्यक्रमको पहिलो दिनको उद्घाटन समारोहमा प्रमुख अतिथिमा माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भुतपुर्ब रक्षा मन्त्रि बालकृष्ण खाँड, भुतपुर्ब उर्जा मन्त्रि जनार्दन शर्मा,अमेरिकाका लागि महामहिम राजदूत डा. अर्जुन कार्की , क्यानडाका लागि नेपाली महामहिम राजदूत भृगु ढुंगाना, एन आर एन ए का अध्यक्ष कुमार पन्त, प्रदेश सभा माननीय अञ्जनी श्रेष्ठ, एनआर एन अमेरिकाका अध्यक्ष सुनिल शाह, आईसीसी सदस्य एवम् कार्यक्रम कोअर्डिनेटर गोपी कृष्ण काफ्ले, विज्ञ सम्मेलनका कोअर्डिनेटर डा. लक्ष्मी पाठक ले सम्बोधन गर्नु भएको थियो। एनआरएन क्यानडा का अध्यक्ष चिरन्जीवी घिमिरे ले स्वागत मन्तव्य दिदै शुरु भएको कार्यक्रमको सभापतित्व क्षेत्रीय संयोजक राजन त्रिपाठी तथा धन्यवाद डिआरसी राम चन्द्र पोखरेलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन आईसीसी मानार्थ सदस्य प्रमोद सिटौला र युथ डोल्मा शेर्पाले गर्नु भएको थियो। कार्यक्रममा गैर आबासिय नेपालि संघका उपादक्ष्य डा बद्रि के सी, महासचिब डा हेमराज शर्मा, सचिब गौरी राज जोशी, सल्लाहकार हरिबोल भण्डारी लगाएत अन्य पधारिकारिहरुको उल्लेख्य उपस्थिति रहेको थियो। यसैगरी गैर आबासिय नेपालि संघका मानार्थ सदस्यहरु, आई सी सी मेम्बरहरु, आर सी हरु, डि आर सी हरु, क्षेत्रीय संयोजकहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरु, बिज्ञ भेलाका बिषयगत समितिका संयोजकहरु, सल्लाहकारहरु, पत्रकार मित्रहरु, सामाजिक अभियान्ताहरु, नेपालि समुदायका संघ सस्थाका प्रतिनिधिहरु, बिज्ञहरु र गैर आबासिय नेपालि संघ क्यानाडा र अमेरिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको दोस्रो दिन सेप्टेम्बर ५ तारिकका दिन विभिन्न फोरमहरुमा विविध विषयहरुमा अन्तरकृया कार्यक्रम सम्पन्न भए। भाषा र साहित्य फोरम को कार्यक्रम कोअर्डिनेटर गोपी कृष्ण काफ्ले सञ्चालन गर्नु भएको थियो भने सभापति मुक्ति गौतम ले गर्नु भएको थियो। उक्त फोरम मा प्रा मुकुन्द शरण उपाध्याय डा अमर गिरी, डा. प्रा. नारायण प्रसाद अधिकारी, साहित्यकार लोकमणि पौडेल साहित्यकार निलम कार्की निहारिका साहित्यकार सीता पाण्डे लगाएत रहनुभएको थियो। त्यसै गरि एनआरएन क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले सञ्चालन गर्नु भएको अन्तराष्ट्रिय व्यापार तथा लगानीमा क्यानडा का लागि महामहिम राजदूत भृगु ढुंगाना, अमेरिककालागी वाणिज्यदूत होमकान्त भण्डारी, र सरोज अर्याल (चिली) को सहभागिता रहेको थियो। कोभिड 19 पछि को शिक्षा र स्वास्थ्य कार्यक्रम लाई एनआरएन क्यानडा का महासचिब पिताम्बर भट्टराई ले सञ्चालन गर्नु भएको थियो भने सहभागीहरुमा माननीय शिक्षा मन्त्री गिरिराजमणि पोखरेल एनआरएन उपाध्यक्ष मन केसी डा रुद्र अर्याल डा बिशाल ज्ञवाली लगायत का वक्ता सहभागी हुनुहुन्थ्यो।

एनआरएन क्यानडा को गतिविधिमा अध्यक्ष चिरञ्जीवी घिमिरेले प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा मानार्थ आईसीसी सदस्य ढुण्डिराज पाण्डे, आईसीसी सदस्य गोपी कृष्ण काफ्ले, एनआरएनए क्यानडाका महासचिब पिताम्बर भट्टराई, उपाध्यक्ष हेमन्त मोहन थापा (उज्ज्वल), सेन्टर रिजन हेल्प डेस्कका प्रमुख वासु लम्साल, पुर्व महासचिव सुमन लम्साल लगायत सहभागी हुनुहुन्थ्यो। महिला फोरम अन्तर्गत प्रवासमा महिलाको भुमिका शिर्षकमा भएको कार्यक्रम लाई एनआरएन क्यानडाका महासचिब पिताम्बर भट्टराईले सञ्चालन गर्नु भएको थियो भने इस्टर्न रिजन हेल्प डेस्क कल्चरल कोओरडिनेटर बिना बर्मा को सभापतित्वमा भएको कार्यक्रममा कमला रुपाखेती, लक्ष्मी जिसी थापा, डा एनिस श्रेष्ठ, शुशिला पाण्डे दाहाल, गिता दवाडी सहभागी हुनुहुन्थ्यो। रक्त सञ्चार सम्बन्धित कार्यक्रमलाई दिपक गौतमले सञ्चालन गर्नु भएको थियो भने सुरेश गौतम, रमेश पौडेल, डा रोशन लाल श्रेष्ठ, तिर्थ राज घिमिरे, डा बिशाल भण्डारी लगायतका हुनुहुन्थ्यो। नागरिकताको निरन्तरता तथा पैतृक सम्पत्ति एवम् राजनीतिक अधिकारको लागि भएको कार्यक्रम लाई आईसीसी सदस्य पुरुषोत्तम बोहरा र प्रमोद सिटौलाले सञ्चालन गर्नु भएको थियो। उक्त कार्यक्रममा माननीय कृषि मन्त्री घनश्याम भुसाल, पुर्व मन्त्री गगन थापा, एनआरएनए उपाध्यक्ष डा बद्री केसी लगायत विभिन्न पार्टीका नेतागणहरु हुनुहुन्थ्यो । आईसीसी प्रोजेक्टमा अध्यक्ष कुमार पन्त, निवर्तमान अध्यक्ष भवन भट्ट, पुर्व अध्यक्ष जिवा लामिछाने , महासचिव डा हेमराज शर्मा, सचिव गौरी जोशी ,कोषाध्यक्ष महेश श्रेष्ठ, पुर्व उपाध्यक्ष कुल आचार्य हुनुहुन्थ्यो । डायस्पोरा मिडियालाई किरण मरहठ्ठाले सञ्चालन गर्नु भएको थियो भने भोला आचार्य,डा भानुभक्त आचार्य, भरतराज पौडेल, भगिरथ योगी लगायतका महानुभाबहरु उपस्थित हुनुहुन्थ्यो। अमेरिकामा कोभिड -19 पछिको अध्यागमन प्रणाली कार्यक्रमको सञ्चालन आईसीसी मानार्थ सदस्य कृष्ण केसीले सञ्चालन गर्नु भएको थियो भने बासु फुलारा वक्ताको रूपमा सहभागी हुनुहुन्थ्यो। सीमाना सम्बन्धी कार्यक्रम जेदु पोखरेलले र सिनेमा सम्बन्धी पुर्ण बराईली कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

सास्कृतिक कार्यक्रमको सभापति तृस्णा शर्मा, उपसंयोजक हरि लम्साल र बिन्दु सापकोटा , बिना बर्मा , ललिता शर्मा, लगाएत क्यानडाबाट हिमालयन भ्याईब्स, बाबु गौतम तथा रुपा पौडेल, नेवा गुठीको लाखे नाच, बाल बच्चाहरुको तथा अमेरिकाबाट पनि धेरै कलाकार तथा ब्याण्ड कार्यक्रममा सहभागी भएका थिए। ऐन कानुन सेसन रबिन बज्राचार्यले संचालन गर्नु भएको थियो भने मानार्थ सदस्य चन्द्र राई लगाएतका बक्ताहरु सहभागी हुनुहुनथ्यो। कोभिडको समयमा पुर्बधार ब्यबस्थापनमा देश राज सोंयोकले संचालन गर्नु भएको थियो। गैर आबासिय नेपालि संघमा बिद्धार्थीहरुको सम्लानता फोरम क्रिदिश उप्रेतीले कार्यक्रम संचालन गरेका थिए भने अनुप खनाल, प्रविन खडका, बेनाजिल राई, जुनी महर्जन, निपेंद्र धिताल र रमेश भट्टको सहभागिता रहेको थियो।

कार्यक्रमको तेश्रो तथा अन्तिम दिन, बिज्ञ सम्मेलन अन्तर्गत कृषि, बन तथा एलाइड सेक्टरमा डा. कृष्णहरि गौतम, क्यानडाबाट शिक्षा, सामाजिक सुदृढीकरण र न्यायिक विकास मा डाक्टर हरि गुरुङ, क्यानडाबाट, इञ्जिनियरिङ, पूर्वाधार विकास र सार्वजनिक सुरक्षामा इन्जिनियर केदार श्रेष्ठ, क्यानडाबाट, नलेज एन्ड स्किल इन नर्सिङ प्राक्टिस मा नर्स पार्वती पाण्डे, क्यानडाबाट, इनोभेसन, उध्यमशीलता र टेक्नोलोजी सेयारिङमा डा मनोज कार्की, अमेरिकाबाट , कोभिड-१९ र यसले अर्थतन्त्रमा पर्ने असर शीर्षक अन्तर्गत कानूनविद् डिल्ली भट्ट, अमेरिकाबाट ,पब्लिक हेल्थ एन्ड मेडिसिनमा डाक्टर श्याम थापा अमेरिकाबाट , इनर्जी, वातावरण, विज्ञान तथा प्रविधिमा वातावरण पत्रकार सहज मान श्रेष्ठ, अमेरिकाबाट आ -आफनो बिषयको अध्यक्षता गर्नु भएको थियो भने कार्यपत्र प्रस्तुतिमा उल्लेख्य विज्ञहरुको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन नेपाल सरकारका तर्फबाट माननीय पररास्ट्र मंत्री प्रदिप ज्ञवाली ज्यु, अमिरिकाका लागि नेपालि राजदुत डा अर्जुन कार्की, क्यानडाका लागि नेपालि राजदुत भृगु ढुंगाना, नेपाल सरकारका पूर्व मन्त्रिहरु बालकृष्ण खाड, जनार्दन शर्मा, माननीय अन्जनी श्रेष्ठ, गैर आबासिय नेपालि संघका अध्यक्ष्य कुमार पन्त लगाएत सम्पुर्ण पधाधिकारीहरु, सामाजिक अभियान्ताहरु, विज्ञहरु, कार्यपत्र प्रस्तोताहरु, पत्रकारकार साथीहरु, महिला तथा सज्जनहरु, कार्यक्रमहरुमा उपस्थित महानुभाबहरु तथा कार्यक्रमलाई प्रत्यक्ष हेरिरहनुभएका दर्शक तथा श्रोताहरुलाई धेरै धेरै धन्यबाद टक्राउन चाहान्छु।
यसैगरी कार्यक्रम सफल बनाउन महत्वपुर्ण भूमिका खेल्नुहुने एन सी सी अमेरिका अध्यक्ष सुनिल शाह लगाएत सम्पूर्ण टिम, अमेरिकामा बस्नुहुने सम्पुर्ण नेपालीहरु, क्यानाडा एन सी सी टिम, क्यानाडामा बस्नु हुने सम्पुर्ण नेपालि समुदायलाई धेरै धेरै धन्यबाद छ।

बिगतमा भन्दा अहिलेको सम्मेलनमा तुलानात्मक रुपमा महिलाहरुको चासो, जिज्ञासा र सहभागितामा बृद्दि भएकोमा आभार ब्यक्त गर्दै आउदा दिनहरुमा र आगामी कार्यक्रममा अझै सक्रिय सहभागिताको लागि बिशेष अनुरोध गरिन्छ। आफुले पाएको जिम्मेबारी र कार्यक्षेत्रबाट बाहिर जानु भन्दा पनि आफुले पाएको जिम्मेवारी मिहेनतका साथ सम्पन्न गरि कार्यक्रमको दौडानमा रहेका र आउने टेक्निकल समस्याहरुलाई आपसी छलफलबाट आगामी कार्यक्रमहरुमा सम्लंग गरेर अगाडि बढनुको विकल्प छैन। तीन दिनसम्म चलेको क्षेत्रीय सम्मेलनमा चलेका १५ सेसन तथा फोरमबाट विभिन्न सूचना, ज्ञान , सिपको आदान प्रदान भएको ज्ञान ज्ञान रुपान्तरण सम्बन्धि कार्यपत्रहरुको निचोड नेपाल सरकार, नेपाल योजना आयोग, गैर आबासीय नेपालि संघ, नेपालि राजदुताबासहरु लगाएत सम्भंधित निकायमा कार्यान्वयनको लागि पहल गरिने छ ।

यसै गरि दोस्रो बिज्ञ सम्मेलनमा ८ ओटा बिषयमा प्रस्तुत भएका सम्पुर्ण कार्यपत्रहरुबाट उत्क्रुस्ट्र कार्यपत्रहरुलाई यहि अक्टोबरमा नेपालमा हुने बिज्ञ सम्मेलनमा पठाईने छ। करिब १०० पेजको “श्वेत पत्र” बिज्ञ भेलाको वेब साईटमा अपलोड भैसकेको जानकारी गराउदै “टोरन्टो घोषणा” पनि जारि भैसकेको हुनाले यो बिज्ञ भेलाको उद्धेश्य, मर्म, ज्ञान र सीपलाई सम्बन्धित निकायमा कार्यान्वयनको लागि पहल र प्रयास गरिने छ।

अन्त्यमा, आफना अमुल्य सुझाबहरु, सल्लाह, सहयोग, ज्ञान, सिप, र समय प्रदान गरेर गैर आबासिय नेपालि संघको महाअभियानका नागरिकता निरंतन्ता, पैत्रीक सम्पत्तिको हक तथा अधिकार, राजनैतिक अधिकार, एक पटकको नेपालि सधैको नेपालि जस्ता हाम्रा नारा तथा मागहरुलाई पुरा गराउन यहाहरुको सहयोगको अपेक्षा गर्दै कार्यक्रमको अबधिमा आयोजकको तर्फबाट कुनै कमि कमजोरी भएमा आउने दिनहरुमा समेटेर र सुधारेर अगाडि बढने प्रतिबद्दता जाहेर गर्दछौ।

धन्यबाद !!!

With Best Regards,

Chiranjibi Ghimire

President

NRNA NCC Canada

[email protected]

[email protected]

गैर आवासीय नेपाली संघ को प्रेस बिज्ञप्ति हेर्न यहा क्लिक गर्नुहोस

प्रतिक्रिया