लाला बाला त्यागेर मुग्लान पस्नेलाई त्यागी भन्ने कि नभन्ने ,पसिना सङ्ग साटेका डलरलाई योगदान भन्ने कि नभन्ने। परिवार मात्रै हैन उसको रेमिटेन्सले देशनै चलेको बेला ,मृत्यवरण गरि बाकसमा फर्की आउने लाई सहिद मान्ने कि नमान्ने ।
संसार भरका प्रवासीहरु लाई उनिहरुकै पीडा सुनाए ,वरिष्ठ मुक्तककार एबम नेपाल मुक्तक प्रतिस्ठानका अध्यक्ष रामकाजी कोनेले यो आइतबार ।
एनआरएनएको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको अनलाइन श्रृङखलामा । प्रवासका पीडा , देशको अबस्था , कोराना कहर र माया प्रीतिका कुरा लगातार मुक्तकमा बगिरहे , श्रोताका कर्ण प्रिय बन्दै , कोनेका साथमा प्रवासका प्रभावी मुक्तककारहरु सङ्ग ।
बोलिदै गए कोरियाबाट रामचन्द्र शर्मा , अमेरिकाबाट आनन्द श्रेष्ठ , कतारबाट सोतन्त्र नेपाल , रोमानिया बाट युवराज लामिछाने र इजरायल बाट सुचित्रा खनिया । र बिचमा मुक्तक मै मिठास भर्दै रहे संचालकहरु नृपेश उप्रेतीले लन्डन बाट र भगवती बस्नेत ले काठमाडौं बाट ।
चोटिलो पोटिलो मुक्तक बिधा नेपाली साहित्यमा लोक प्रिय र बिश्व ब्यापी हुँदै गएकोमा आफू मक्ख परेको अनुभव सुनाउदै कोनेले फेरिअन्तमा भने , धन्यवाद एनआर एन ए र प्रवासी प्रवाह । नेपाली साहित्यको सुगन्ध संसार भर फैलिदै गरोस ।
प्रतिक्रिया