अनेसास बालसाहित्य समितिमा पूर्णता

इनेप्लिज २०७७ असोज ७ गते १४:१२ मा प्रकाशित

अमेरिका , २३ सेप्टेम्बर । बालबालिकालाई नेपाली भाषा र साहित्यको बारेमा जानकारी गराउने, सिर्जनात्मक लेखनको प्रशिक्षण दिने र उनीहरूको प्रतिभा प्रष्फुटनमा सहयोग पुर्याउने उध्देश्यले स्थापित अनेसास बालसाहित्य समितिले निरन्तरता पाएको छ ।

डा. केशव शर्माको संयोजनमा बनेको समितिमा थप ११ जना सदस्य र ५ जना सल्लाहकार मनोनित भएका छन् ।

समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले समितिका सदस्यहरूलाई मनोनयन गरेको हो । 

बाल साहित्य समिति 

१. संयोजक – डा. केशव शर्मा

सदस्यहरु – 

२. प्रवीन टण्डन – अस्ट्रेलिया  

३. ईश्वर बगाले – अमेरिका 

४. केबी पारखी – जापान  

५. गङ्गा बस्नेत – कोरिया 

६. खेमराज सुबेदी  – कतार

७. अर्जुन घिमिरे – पोर्चुगल 

८. बिष्णुमाया बिभू – नर्बे  

९ शुभद्रा पराजुली – अमेरिका  

१०. लक्ष्मी उप्रेती – नेपाल

११ .अग्नि पराजुली

१२. सन्जय राई ‘छुच्चा’- सेसेल्स

रहेका छन ।

यसैगरि  सल्लाहकारहरूमा  रामबाबु सुबेदी (नेपाल), प्रमोद प्रधान (नेपाल), प्रभा भट्टराई (नेपाल), परशु तिमील्सिना (अमेरिका) र आलोक चालिसे (जापान) रहेका छन ।

प्रतिक्रिया