उत्पीडित,पिछडिएका वर्गको उत्थान,विकास र उन्नयनका सन्देशहरु प्रदान गर्ने कृतिहरु नियमित रुपमा प्रकाशन गर्ने,साहित्यको माध्यम बाट यस क्षेत्रमा विशिष्ट योगदान पुर्याएका साहित्यकारहरुलाई पुरस्कृत गर्ने,विद्यालय स्तरमा भेदभाव विरुद्ध जनचेतना अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा कविता प्रतियोगिता आयोजना गर्ने र यस समुदायका साहित्य,कला तथा संस्कृतिको अध्ययन,अनुसन्धानका कार्यहरु गर्ने उद्धेश्य अनुरुप “पदम विश्वकर्मा साहित्य प्रतिष्ठान” स्थापना गरिएको छ।
साहित्यकार रणेन्द्र बराली,साहित्यकार तथा वहराइनका लागि नेपाली राजदुत पदम सुन्दास तथा नेपाल सरकारका सचिव डा.मानबहादुर विश्वकर्मा सल्लाहकार रहने गरी साहित्यकार पदम विश्वकर्माको अध्यक्षतामा सचिवमा कवि हरिशरण परियार,कोषाध्यक्षमा अधिकार कर्मी अमृत विश्वकर्मा,सदस्यमा महिला अधिकार कर्मी गौरा नेपाली र एक सदस्य पछि थप गर्ने गरी प्रतिष्ठान समिति गठन गरिएको छ।प्रतिष्ठानको उद्धेश्य प्राप्तिका लागि निर्देशिका निर्माण गर्नुका साथै उक्त पुरस्कारहरु हरेक वर्ष सेप्टेम्बर ३० का दिन प्रदान गर्ने निर्णय गरिएको छ।
हरिशरण परियार
सचिव
पदम विश्वकर्मा साहित्य प्रतिष्ठान
प्रतिक्रिया