समाचारदाता
१ अक्टोवर, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजका सदस्यहरूको नामावली दुरुस्त राख्न गठित अनेसास आजीवन सदस्यता अद्यावधिक समितिले काम सुरु गरेको छ।आजीवन सदस्यताको नामावली व्यवस्थित गर्ने ,अनेसासका च्याप्टर र केन्द्रसँग समान्वय गरी छुटेको नाम आवश्यक प्रामाणिक गरी सूचिकृत गर्ने ,र निर्वाचनका समयमा देखिएका प्राविधिक समस्याहरूको दीर्घकालीन समाधान खोज्न पहल गर्ने उद्देश्यले सो समिति हालै गठन भएको थियो।समितिले बिहीबारबाट काम सुरु गरेको छ ।काम आरम्भ गरेको मितिले तीन महिना भित्र समितिले प्रतिवेदन बुझाउने योजना अनुरुप काम आरम्भ भएको हो।डा.चूडामणि खनालको संयोजकत्वमा गठित उक्त समितिमा विजयराज भट्टराई, तीर्थराज पाण्डे, पुष्पा खनाल र कुमारबाबु सिंखडा सदस्य रहेका छन्।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा हालै बसेको अनेसासको बैठकले उक्त निर्णय गरेको हो।समितिको यस कार्यबाट विगतदेखि नै चुनावमा इमेल प्राप्त नभएको वा मतदान गर्न नपाएको भन्ने आजीवन सदस्यहरूको गुनासोको समाधान हुने विश्वास गरिएको अध्यक्ष माइलाले बताएका छन्।
प्रतिक्रिया