नेपाली भाषा र साहित्य संसारको कुना कुना पुगेको छ । ” कृष्ण धरावासी

इनेप्लिज २०७७ असोज १९ गते २१:३३ मा प्रकाशित

सदा झै यो आइतबार बेलुकी पनि प्रवासी प्रवाहमा बिश्वभर फैलिएका प्रवासी नेपाली साहित्यकार र साहित्यिक श्रोताहरु साहित्यिक रसस्वादनमा झुमे । कार्यक्रममा प्रवास र घरदेश दुबै भोगेका र लेखेका प्रशिद्द लेखक कृष्ण धरावासीले २०४६ पछि नेपाली डायस्पोरा बिश्वभर फैलिदै गरेको र हाल संसारको कुनाकुनामा पुगेको छ भन्नू भयो । अलि टाढा र दुर्गम सोचिएको अफ्रिकामा पनि नेपाली श्रस्टाहरुले नेपाली साहित्य लेखी रहेका र प्रकासन गरिरहेको आफुले भर्खरै जानकारी पाउँदा असाध्यै खुशी लागेको बताउनु भयो ।

संसारभर नेपालीहरु फैलिएर आफ्नो जिबिकाआर्जन मात्र नगरी नेपाली भाषा , संस्कृति तथा जातिय गौरव पनि फैलाई रहेका छन । उहाँले अगाडि भन्नू भयो । प्रवासको यो छोटो अबधिमा जे जति नेपाली साहित्यकर्मीहरुले गरिराखेका छन त्यो अबश्य पनि सोचे भन्दा एक पाइलो अगाडी छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिका अमेरिका स्थित उपाध्यक्ष सुपरिचित लेखक महेश्वर पन्तले समितिले यस कार्यकालमा गरिरहेका कार्यहरुको बारेमा जानकारी गराउनु साथ आफ्ना कबिता र गजलहरु सुनाएका थिए ।

त्यसैगरि कर्णालीको जुम्लामा जन्मी सन १९९२ देखि बेलायतमा बस्दै गरेका साहित्यकार शुरेशजङ्ग शाह , अस्ट्रेलियामा बस्दै गरेका नेपाल दाङ्ग मुल घर भएका साहित्यकार केशव शर्मा र नेदरल्यान्डमा बस्दै गरेका बिराटनगरका कवि ध्रुबकुमार सापकोटाले आआफ्ना अनुभव र सिर्जनाहरु वाचन गरेका थिए ।

नेपाल बाट भगवती बस्नेतले संचालन गर्नु भएको उक्त अनलाइन कार्यक्रम प्रवासी प्रबाहको एक्काइसौं श्रृङखला रहेको थियो ।

प्रतिक्रिया