अन्तर्राष्ट्रिय लघुकथा गोष्ठी सम्पन्न

इनेप्लिज २०७७ पुष १७ गते १८:३९ मा प्रकाशित


१ जनवरी,२०२१,काठमाण्डौं

लघुकथा समाज नेपालको आयोजनामा भर्चुअल रुपमा अन्तर्राष्ट्रिय लघुकथा गोष्ठी सम्पन्न भएको छ।कार्यक्रममा विभिन्न देशका २२ जना नेपाली लघुकथाकारहरुले लघुकथा वाचन गरेका थिए।

उक्त गोष्ठीमा डेनमार्क बाट प्रभात किरण,स्विजरलेण्डबाट लक्ष्मण देवकोटा, अमेरिकाबाट हिरण्य भोजपुरे,आविष्कार भारती,विश्वराज अधिकारी,कृष्ण कुसुम, आचार्य प्रभा,सीता अर्याल,खेमराज पोखरेल,क्यानडा बाट सुरेन उप्रेती, बेलायतबाट कृष्ण बजगाई,धर्म सापकोटा राजु,स्पेनबाट शारदा पौडेल, मलेशियाबाट राजु क्षेत्री अपुरो,भारत बाट ईगम खालिङ,देवी प्रसाद थापा, नेपालबाट सरुभक्त,छविरमण शिलवाल,सुमन शौरभ,सिन्धु गौतम,शुष्मा मानन्धर र डा.पुष्करराज भट्टले आआफ्ना लघुकथा वाचन गरेका थिए।

लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईंले संयोजन गरेको उक्त कार्यक्रममा समाजका सचिव तुलसीहरि कोइरालाले स्वागत मन्तव्य राखेका थिए।

मन्तव्यको क्रममा साहित्यकार विश्वराज अधिकारीले यस्तो कार्यक्रमले गर्दा विदेशमा रहेका हामी मूलधारको साहित्यमा जोडिन सहयोग पुग्ने विचार राखे। प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती सरु भक्तले यस्ता कार्यक्रमले लघुकथाको नयाँ इतिहास बनाउने कुरा बताए। कार्यक्रमका सभापती तथा नेपाल लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले अहिले नेपाली भाषामा उच्च स्तरको लघु कथा लेखिन थालेको बताउँदै यस्ता गोष्ठीलाई निरन्तरता दिने बताए।

प्रतिक्रिया