२६ मे, २०२१
प्रेस विज्ञप्ती ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि निर्वाचनको कार्यतालिका अनुरुप निर्वाचनका कार्यहरु भैरहेको छ।उम्मेद्वार तथा गैर आवासीय नेपाली सदस्य मतदाताहरुमा निर्वाचनलाई लिएर उत्साह देखिएको छ।विभिन्न राज्य तथा शहरहरुमा गई उम्मेद्वारहरुवाट प्रचार प्रसारका कार्यहरु समेत भैसकेको अवस्था छ।अव मतदानको निम्ति मतदाताहरु पर्खाईमा छन् भने उम्मेद्वारहरुले समेत मतदानको दिन कुरिरहनु भएको अवस्था छ।अमेरिकाको गैर आवासीय नेपालीविच,संघको आसन्न निर्वाचनले चुनावी माहौल खडा भएको छ।तर विडम्वना मुखमा आइसकेको निर्वाचनलाई प्रभावित पार्दै निर्वाचन रोक्नका लागि माग दावी सहीत टेनिसी राज्य स्थित डेभियसन काउन्सी स्थित सम्मानित अदालतमा साल लम्साल(सूर्य) ज्यूले उजुरी गर्नुभएको सवैमा जानकारी गराउन चाहन्छौं।संघको आसन्न निर्वाचनलाई हुन नदिनका लागि गरिएको उजुरीको सम्बन्धमा संघले आवश्यक कानुनी प्रक्रिया अवलम्वन गरिसकेको पनि सबैमा सूचित गर्दछौं।
व्यक्तिगत स्वार्थ र कुण्ठाको भरमा सम्मानित संस्थालाई विवादमा पार्न उद्दत यस्ता कार्यको भत्र्सना पनि गर्दछौं।मे २७, २०२१ को दिन पहिलो चरणको वहसको लागि सम्मानित अदालतले समय निर्धारण गरेको पनि जानकारी गराउदछौं।र अन्त्यमा, फेरि पनि संस्थाको छवीलाई आघात पुग्ने खालका यस्ता स्वार्थप्रेरित कार्य नगर्न र नगराउनका निम्ति सम्बन्धित सबैको ध्यान आकृष्ट गराउन चाहन्छौं।
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्,अमेरिका
प्रतिक्रिया