विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत बिहीबारको खेलमा नेपाल विजयी भएको छ।
नेपालले चाइनिज ताइपेइमाथि २–० को सहज जीत दर्ता गरेको हो।
कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा खेलको चौथो मिनेटमै अञ्जन विष्टले नेपाललाई अग्रता दिलाए। उनले पेनाल्टी मार्फत गोल गरेका हुन्।ताइपेइका खेलाडीले डि बक्स भित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो।
८१ औँ मिनेटमा नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर बनाए। उनले सुमन अर्यालको क्रसलाई वान टचमा पोस्टको दिशा दिएका हुन्।जीतसँगै नेपालले एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावनालाई जीवित राखेको छ।
समूह ‘बी’ मा रहेको नेपाल ६ खेलबाट २ जीत र ४ हारको नतिजा सहित ६ अंक जोडेर चौथो स्थानमा छ। जीतबिहीन ताइपेइ अन्तिम स्थानमा छ।
प्रतिक्रिया