प्रेस विज्ञप्ती – प्रतिनिधि निर्वाचन सम्बन्धमा

इनेप्लिज २०७८ असार ५ गते १६:३८ मा प्रकाशित

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका निम्ति च्याप्टर कार्यसमिति तथा राष्ट्रिय समिति निर्माणका लागि निर्वाचन सकिएको छ।आम गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्का सदस्यहरुको सहयोग र सक्रिय सहभागितामा सम्पन्न निर्वाचनवाट आउदो कार्यकालका लागि कार्यसमितिको चयन समेत भएको छ।आउदो जुलाई ३ र ४, मा न्यूयोर्कमा हुने संघको दसौं साधारणसभा तथा शपथ ग्रहण पश्चात नया कार्यसमितिले जिम्मेवारी लिने सबैमा जानकारी रहेकै छ।साधारणसभा तथा शपथ ग्रहण कार्यक्रममा सहभागिताका लागि सबैमा हार्दिक अनुरोध समेत गर्दछौं।

कार्यसमितिको निर्वाचन सगै अमेरिकावाट गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्(आइसिसी) को सदस्य बन्नका लागि आइसिसी को बिधान २०२१ अनुसार निर्वाचन समेत सम्पन्न भैसकेको छ।आउदो कार्यकालका लागि आइसिसी सदस्यहरु समेत निर्वाचित समेत भैसक्नुभएको छ।संघको आफ्नो विधान अनि अन्तराष्ट्रिय समन्वय परिषद्सगको सम्बन्धनको आधारमा आइसिसीको विधानलाई समेत टेकेर संघले सबै कार्यक्रमहरु निर्धारित समयमै गर्दै आएको छ।यो सबै आम गैर आवासीय नेपालीहरुको सहयोगले मात्र संभव भएको हो।अव अमेरिकावाट अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुनुहुने प्रतिनिधि(डेलिगेट्स) हरुको छनौट तथा निर्वाचनको काममा संघ अघि बढेको छ।

अन्तराष्ट्रिय समन्वय परिषद्को हालै सम्पन्न साधारणसभाले पारित गरेको विधानले अन्तराष्ट्रिय समन्वय परिषद्को सम्मेलनमा सहभागि हुन पाउने प्रतिनिधिहरुको छनौटको निम्ति गाइडलाइननै दिएको अवस्था छ।कुनै पनि देशवाट सम्मेलनमा सहभागि हुनुहुने प्रतिनिधिहरुको संख्याको ६५ प्रतिशत प्रतिनिधिहरु राष्ट्रिय समन्वय परिषद् वा अन्तराष्ट्रिय समन्वय परिषद्मा काम गरिसक्नुभएकाहरुलाई प्राथमिकतामा राखेर चयन गर्नुपर्ने विधानमै व्याख्या भए अनुरुप संघले यस क्राइट एरियामा पर्नुहुनेहरुलाई फाराम भर्नका लागि पठाए अनुरुप ईच्छुक ब्यक्तीहरूले फर्म भरी सक्नुभएको छ र आईसीसीको विधान अनुरूप क्राइट एरियामा पर्नुभएकाहरुको छनौट प्रक्रिया अगाडी बढिसकेको छ।

अव कुल प्रतिनिधि संख्याको २५ प्रतिशत प्रतिनिधिहरु निर्वाचन मार्फत प्रतिनिधि बन्नुपर्ने विधानमा उल्लेख गरे अनुसार त्यसका निम्ति प्रक्रिया आरम्भ गरिएको छ।संघको राष्ट्रिय निर्वाचन आयोगलाई निर्वाचनको काम अगाडि बढाउन कार्यसमितिले औपचारिक रुपमा आग्रह समेत गरेको छ।अव छिट्टै आयोगवाट प्रक्रिया अघि बढ्ने नै छ।यस प्रक्रियामा सहभागि हुन पनि आम गैर आवासीय नेपाली संघका अभियन्ताहरुमा सूचित गर्न चाहन्छौं । संघको विधानले बाकी १० प्रतिशत प्रतिनिधिहरु राष्ट्रिय समन्वय परिषद्का अध्यक्षलाई महिला तथा युवा समेतलाई प्राथमिकतामा राखी मनोनित गर्न सक्ने व्यवस्था गरेको छ।

आइसीसी बिधान २०२१:
https://nrna.org/wp-content/uploads/2021/04/Pramanit-Bidhan-NRNA-2021_.pdf

धन्यवाद ।

गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका

प्रतिक्रिया