ग्रामीण क्षेत्रमा तेक्वाण्डो खेलाडी उत्पादन गर्न कानेपाखरीमा तालिम!

इनेप्लिज २०७८ असार २० गते १२:१९ मा प्रकाशित

 


विराटनगर,२०असार मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा तीन दिने आधरभूत तेक्वाण्डो तालिम आज सम्पन्न भएको छ।

तेक्वाण्डो खेल प्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले कानेपोखरी तेक्वाण्डो कार्यसमितिले तालिमको आयोजना गरेको हो।

तीन दिनसम्म सञ्चालन भएको तालिममा ६१ जना खेलाडीहरूको सहभागिता रहेको अध्यक्ष युवराज भुजेलले जानकारी दिनु भयो।

उक्त गाउँपालिकामा आगामी असोजको अन्तिम साता प्रदेशस्तरीय तेक्वाण्डो प्रतियोगिता आयोजना गरिने भएको छ।

ग्रामिण क्षेत्रमा खेलकुदको विकास गर्ने मुख्य लक्ष्य अनुसार खेलकुदका प्रतियोगिता एवं तालीमसञ्चालनमा निरन्तरता दिने नेपाल राष्ट्रिय मार्शलआर्ट गेम्म महासङ्घका केन्द्रीय अध्यक्ष तथा आइटीएफ तेक्वाण्डोका प्रदेश अध्यक्ष प्रबिण कार्कीले बताउनु भयो।

प्रदेश अध्यक्ष कार्की, केन्द्रीय सदस्य चर्तुरलाल चौधरी, प्रदेश महासचिब नविन तामाङ्गले प्रशिक्षण दिनु भएको थियो।

कानेपोखरी गाउँपालिका–६ का वडाअध्यक्ष खड्ग बहादुर बस्नेत,नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य कुमार फुयल र एविन पाठकले खेलकुद क्षेत्रको विकासमा स्थानिय सरकार लागि परेको बताउनु भयो।

 

प्रतिक्रिया