“खुशी हुदा नि आफ्नै रिसाउदा नि आफ्नै
तिमी मेरो सधै भरि जे गरे नि आफ्नै”
जब म यो गीत सुन्छु म मेरो छोरीको टेनीस म्याच हुदाखेरिको समयलाई सम्झन्छु।जब तिनी खेलमा जित्छिन घरमा पुग्नै भ्याएकी हुदिनन भर्याग देखि नै खुशी हुदै “ममी ड्याडी म जिते” भन्दै आउछिन।जब तिनी खेलमा हार्छिन घर आउदा तिनी रिसाउदै आउञ्छिन,कसैसित बोल्दिनन,सिधै आफ्नो कोठामा जान्छिन।अनि हामी थाहा पाउछौ कि तिनी आज खेलमा हारिन भनेर।
हुन त कुनै पनि खेल वा जे सुकै होस् सबैलाई जित नै मनपर्छ नि हार त कसलाई मन पर्छ र ? कसैको जित हुन लाई कोहि त हार्नु पर्छ नै।तर जितको लागि प्रयास भने गर्ने पर्छ र गरिरहेकै हुन्छ पनि। “जित्नेको हासो हासो हार्नेको आशु आशु तर छैन केहि कसैलाई गुनासो” भने झैँ कालो बादलको पछाडी तेजिलो सुर्य लुकिरहे झैँ अनि कालो रात पछि सुनौलो बिहानी आए झैँ जिबनमा पनि जित,हार,सुख,दुख भै रहन्छ।जिबन नै एउटा खेल हो र हामी त्यसका खेलाडी हौ,अनि हामीलाई पनि सधै जित नै मन पर्छ नि ! त्यहि त् हो जिन्दगी।
कुनै पनि प्रकारको खेलको प्रतियोगिता सानो या ठूलो जे सुकै होस् तर त्यसमा भाग लिएका प्रतियोगीहरुको जित र हार मा हुने उत्साह खुशी दुख पीडाको महशुस भने त्यो चाहे स-सना बालबालिका,युवा,बृद्द, बृधा नै किन नहोस सबैमा एउतै हुन्छ।
जापानमा भएको ओलोम्पिक खेलको चहलपहलले फेरि एकपटक मेरो छोरीको हाई स्कुलको फाइनल स्टेट टेनिस प्रतियोगिता हुदा खेरिको समयको याद्लाई ताजा गरायो।खेल भित्रका खेलाडीहरुलाई हेर्दा लाग्छ तिनीहरु को खेलको शुरु शुरुको समयहरु पनि मेरो छोरीको जस्तै थिए होलान्। उनीहरु पनि स्कुल देखि नै कुनै बिशेष खेललाई रोजेर कतिपय ट्रेनिग हरु लिएर कति मेहेनतका साथ घाम पानी हुरी बतास नभनी कहिले जीत को मज्जा लिदै त कहिले हारको पिडा बोक्दै अनेकौ प्रतिस्पर्धा गर्दा गर्दै रास्ट्रिय खेलाडीको उपाधि जितेर नै अन्तर्राष्ट्रिय खेलको प्रतिस्पर्धा सम्म पुग्न सफल भएका त् होलान नि !
मेरो छोरी अन्य बाल बालिकाहरु झैँ एलिमेंट्री स्कुलमा हुदा देखि नै विभिन्न खेलहरु जस्तै बास्केट बल,भली बल,सफ्ट बल,बोलिंग अनि टेनिस पनि खेल्छिन। तिनी ति खेलहरुको प्रतियोगिता हुदा कहिले जित्छिन कहिले हार्छिन अन्य खेलाडीहरु झैँ।तिनको हरेक मुख्य मुख्य गेमहरु हामी हेर्न जान्थ्यौ।तिनको हौसला पनि बढाउनका लागि साथै हामीलाई पनि खेल हेर्न मज्जा नै लाग्छ।त्यसमा पनि आफ्नै छोरी खेल्ने खेल त् पक्कै पनि मौका मिलेमा हेरिन्छ नै। तिनी कहिले जित्थ्यो कहिले हार्थ्यो तर प्रयास भने निकै गरिरहेकै हुन्थ्यो सबै टेनिस टिमले।स्टेप बाई स्टेप माथि जान सर्ब प्रथम त आफ्नै स्कुल भित्रका खेलाडीहरु संग प्रतिस्पर्धा गरेर जित्नुपर्यो अनि हरेक पटक फरक फरक स्कुल संग सघर्ष गर्नु पर्थ्यो।भन्न लाई हामी कति सजिलै सित आज यो स्कुल जित्यो यो स्कुल हार्यो भन्छौ तर त्यसभित्र खेलाडीहरुले कति प्रयास,मिहिनत गरिरहेका हुन्छन अनि कति तनाव बोकिरहेका हुन्छन भन्ने कुरा मैले मेरो छोरीको खेलको जीवनलाई नजिकबाट हेरेर महशुस गर्ने मौका पाए।
कुनै पनि दुई टिम बिचको खेल हुदा खेलाडीहरु र कोचहरुमा मात्र नभई दर्शकहरुमा पनि आफुलाई मनपर्ने खेलाडी वा पक्ष को टिमका लागि उत्साह,खुशी, आशा,निराशा,प्रार्थना लुकेको हुदो रहेछ।खेलमा जित्नेहरुको अनुहारमा खुशी र हासो अनि हार्ने हरुको अनुहारमा मलिनता अनि आखामा आशु पनि नदेखेको होइन।मेरो छोरी र तिनको टिम जित्दा हामी उनीहरुलाई कहिले डन्कि डोनट कहिले ह्याम बर्गर लगेर ट्रीट गर्थ्यौ।उनीहरु कति खुशी हुन्थे।अनि त्यो दिन नै रमाइलो गरि बित्थ्यो तर हार्दा भने घाम लागेको रमाइलो दिन पनि नरमाइलो लाग्थ्यो।
जब मेरो छोरी टेनिसको काउन्टी टुर्नामेन्टमा सफल भइन्,भोलिपल्ट पेपरमा तिनी सहित अरु जितेका खेलाडीहरुको फोटो अनि तिनीहरुसित लिएको अन्तर्वार्ता छापिएको थियो।तिनको फोटो अनि अन्तर्वार्ता पढ्न पाउदा मलाई ज्यादै खुशी लाग्यो।समय समयमा उनीहरुको फोटो खेलको विवरण पढ्न म अनलाईनमा गएर खेल सम्बन्धि समाचार पढ्थे।कहिले मलाई नै थाहा हुदैन थियो तर मेरा साथीहरुले मलाई पेपर देखाउथ्यो।मलाई खुशी लाग्थ्यो र गर्वको महशुस हुन्थ्यो। आफ्नो छोरा छोरीको सफलतामा जो सुकै आमा बुबा खुशी हुनु पनि स्वाभाविकै हो।
तिनी हरेक दिन बिहान,साझ प्रतिस्पर्धाको लागि प्राक्टिस गर्न जान्थिन।यति मिहेनत गर्थिन कि न खानामा ध्यान,न आराममा ध्यान,न निदमा ध्यान।यो कुरा देख्दा मलाई लाग्छ कहिले काही हामी कति सजिलै संग कुनै पनि खेलको जित र हारलाई बिश्लेषण गर्छौ र कहिले खेलाडीलाई दोष दिन्छौ।कुनै पनि खेलको खेलाडीहरुको रातो दिन,हुरी,बतास,वर्षा नभनिकन गरिने मिहेनत,प्रयास,परिश्रम,लगाव,इमोसन लाई ध्यानमा राखी हामीले कुनै पनि खेलाडीलाई रेस्पेक्ट गर्ने पर्छ चाहे जितोस् वा हारोस्।कुनै पनि प्रतिस्पर्धामा जित र हार त् भै हाल्छ नि !
मेरो छोरीको स्टेट च्यम्पिएन्शिप्को म्याच भएको दिन म कहिले पनि भुल्दिन हुला।आज पनि सम्झिन्छु त्यो दिन,बिहानको ६:३० मै मेरी छोरी खेल्न निस्किन। हामी पनि केहि समय पछि निस्कियौ।हाम्रो घरबाट त्यो ठाउमा पुग्न झन्डै साढे एक घण्टा लाग्यो।त्यो दिन मेरो श्रीमानले अफिसमा बिदा लिनुभएको थियो त्यो खेल हेर्न जानका लागि।हामी त्यहाँ ९:३० तिर पुग्यौ।खेल शुरु भै सकेको रहेछ।हामीले हाम्रो छोरीको स्कुलका टेनिस प्लेयरहरुलाई हाम्री छोरी खेलेको ठाउँ सोध्यौ। तिनी भित्र टेनिस कोर्टमा खेलिरहेकी छिन भने र हामी बिस्तारै टेनिस खेलको प्रतिस्पर्धा भै राखेको हल भित्र पस्यौ र आफ्नो ठाउमा चुपचापसित बस्यौ।त्यो सुनसान हलमा खालि टेनिस ब्याटले बललाई जोड जोडले हानिरहेको आवाज अनि खेलाडीहरुले बल हान्दा जोड जोडले कराएको आवाज मात्रै सुनिन्थ्यो भने दर्शकहरु बडो उत्साहपुर्बक ध्यान दिएर हेरिरहेका थिए।त्यस्तै कोचहरु पनि आफ्ना खेलाडीहरुको खेललाई बडो ध्यानपुर्बक हेरिरहेका थिए।समय समयमा दर्शकहरुबाट ताली र आफ्ना पक्षका खेलाडीहरुलाई प्रोत्साहन गर्ने शब्दहरु बर्सिन्थ्यो।जब उनीहरुले पोइन्ट लिन्थ्यो।मेरो छोरीको विपक्ष का खेलाडीले पोइन्ट लिइराखेको र उनि हारिरहेकी देखेर समय समयमा मेरो श्रीमानले “यसरी खेले हुन्थ्यो त्यसरी खेले हुन्थ्यो यसरि खेले तिनको विपक्षलाई सजिलै हराउन सकिन्थ्यो नि!”भनि बरोबर मलाई भनिराख्नु भएको थियो किन कि उहाले नै हाम्रो छोरीहरुलाई धेरै जसो समय कोच गर्नुभाको थियो।त्यसैले उहालाई थाहा थियो कि कस्तो प्रकारको खेल तिनलाई राम्रो थियो भनेर।समय समयमा कोचहरुले तिनीसित कुरा गर्थ्यो तै पनि तिनी हारिरहेकी थिइन्।म भने चुपचापसित मेरो छोरीको खेललाई बडो ध्यानपुर्बक हेर्दै ईश्वरसित पुकारिराखेकी थिए।मेरो श्रीमानले “यो तरिकाले नभएमा आफ्नै तरिकाले खेले हुन्थ्यो नि” भन्दै हुनुहुन्थ्यो मलाई।जब हाम्री छोरीले पोइन्ट लिन्थ्यो,तिनको ग्रुप बाट ताली बज्थ्यो र प्रोत्साहन गर्न तिनको नाम र तिनको स्कुलको नाम लिएर कराउथ्यो।
बाहिर खेल खेलिरहेका हाम्रो छोरीको स्कुलका खेलाडीहरु बाहिरको खेल सकिए पछि तिनको खेल हेर्न आए।बाहिरको गेम बराबर भएर टुंगिएको रहेछ। त्यसैले अब टेनिश स्टेट च्याम्पियनसिपको मेडल लिने हाम्रो छोरीको हातमा छ।मैले हाम्रो छोरी जितोस भनेर ईश्वरलाई पुकारिराखेकी थिए तर तिनी हारिन।खेल सकिएपछि हामी बिस्तारै मलिन अनुहार लिएर बाहिर निस्क्यौ र गाडीमा गएर तिनीलाई कुरेर बस्यौ।हाम्रो छोरी उदाश अनुहार अनि रसिला आखा लिएर बाहिर निस्किन्।मलाई ज्यादै नरमाइलो लाग्यो।झिलिमिली घाम लागिरहेको थियो,खेलाडीहरु,दर्शकहरु,कोचहरु को चहलपहल अनि ठाउँ ठाउमा अस्थाई पसलहरु जहाँ खेलाडीहरुको नाम लेखेको टि शर्त,टोपी तथा अन्य सामानहरुको व्यापार गरेर बसेकाहरु ग्राहकहरुलाई सामान बेच्दैमा व्यस्त देखिन्थे। तर मलाई भने परिस्थिति अनुसारको मनस्थिति, मनस्थिति अनुसारको परिस्थिति भने झैँ बातावरण नै उदाश लाग्दो नरमाइलो लागिरहेको थियो।
हाम्रो छोरीलाई तिनका कोचहरुले पनि सम्झाइरहेका थिए।केहि समय पछि तिनी हाम्रो गाडीमा आइं। हामीले पनि सम्झायौ “तिमीले पनि जति सक्दो त्यति मिहेनत गरेकै थियौ।तिम्रो खेल पनि राम्रै थियो।अर्को पटक अब फेरि भईहाल्छ नि” भन्यौ। तर तिनका आखाबाट भने आशु बगिरहेका थिए।मैले मेरी छोरीको उदाश अनुहार हेर्न सकिन।सम्झे कति मिहिनेत गरेकी थिइन् रातो दिन नभनिकन तर फाइनल पुग्न सकिनन् भनेर।फेरि आफैलाई चित्त बुझाए फाइनल नपुगे नि सेमिफाइनल सम्म त पुगिन् नि भनेर।
त्यो खेलको केहि दिनपछि हाम्रो छोरीको हाई स्कुलमा ‘स्पोर्ट दिनर प्रोग्राम’ मा हामीलाई पनि निम्तो आएको थियो।त्यो दिन हाम्रो छोरीले टेनिस सम्बन्धि अन्य अवार्डहरु पाउदा भने हामी निकै खुशी भएका थियौ।
जे होस् हालसालै जापानमा भएको ओलोम्पिक खेलको चहलपहलले फेरि एक पटक मेरो छोरीको ‘स्टेट टेनिस च्याम्पियनसिप’ को लागि भएको प्रतिस्पर्धा बीच का केहि क्षणहरु भित्र भए नि रुमल्लिने मौका पाए।
-रजनी मल्ल न्यु जर्शी अमेरिका।
प्रतिक्रिया