विराट गोल्ड कपमा रु आठ लाख वचत

इनेप्लिज २०७८ भदौ १६ गते २१:५५ मा प्रकाशित

विराटनगर,१६ भदौ।खेलकुदको माध्यमबाट विराट गोल्ड कप फुटबल ट्रष्टले यस बर्ष रु आठ लाख बचत गर्न सफल भएको छ।

विसं २०७७ चैत २६ गतेदेखि २०७८ वैशाख ४ गतेसम्म सञ्चालन भएको विराट गोल्ड कप फूटवल प्रतियोगिताबाट सो बराबरको रकम बचत गर्न सफल भएको हो।ट्रष्टका अध्यक्ष मनोज बिक्रम शाहले प्रतियोगिताको आय–व्यय आज सार्वजनिक गर्दै फूटबल प्रतियोगिता सञ्चालनमा रु एक करोड ४७ लाख ७४ हजार ५९४ आम्दानी भएको थियो भने अन्य सबै खर्च कटाई रु आठ लाख २३ हजार ६२ बचत गरेको जानकारी दिनु भयो।

उहाँले प्रतियोगिता सञ्चालनमा कोरोना महामारीका कारण दर्शकको उपस्थिति कम भए पनि रु ५९ लाख ७६ हजार १०० टिकट बिक्रीबाट आम्दानी गरेको बताउनु भयो।ट्रष्टले प्रतियोगिता सुचारु रुपमा प्रत्येक वर्ष सञ्चालनका गर्नका लागि आफ्नो भवन निर्माणका सम्बन्धमा विराटनगर महानगरपालिकासँग जग्गा उपलव्ध गराउन अनुरोध गरेको जानकारी दिनु भयो।

उक्त प्रतियोगितामा नेपाल,भारत र नाइजेरियाका गरी १० टिमको सहभागिता थियो।प्रतियोगितामा सशस्त्र प्रहरी काठमाण्डौ बिजयी भएको थियो।

प्रतिक्रिया