साफको तयारीमा रहेको नेपाल र भारतका राष्ट्रिय फुटबल टीम बीच दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल बराबरी सकिएको छ।
खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा घरेलु मैदानमा भारत बिरुद्ध जित निकाल्ने दाउमा रहेको नेपाली टिम यसपटक पनि बराबरीमा चित्त बुझाउन बाध्य भए।
पहिलो हाफमा अन्जन बिष्टको गोलवाट नेपालले अग्रता लिन सफल भए पनि दोस्रो हाफमा भारतीय खेलाडी अनिरुद्र थापाले गोल फर्काए पछि पहिलो मैत्रीपूर्ण खेल बरावरीमा टुङ्गिएको छ।
कतारी प्रशिक्षकको प्रशिक्षणमा रहेको नेपाली टोलीको खेललाई लिएर नेपाली दर्शकहरू निकै आशावादी देखिएका थिए।करिब दुई महिना देखि निरन्तर प्रशिक्षणमा रहेको नेपाली टोलीको खेल हेर्न र नेपाली टिमलाई हौस्याउन हजारौंको संख्यामा दर्शकहरू दशरथ रंगशाला पुगेका थिए।कोबिड संक्रमणको कारण लामो समय सुस्ताएको दशरथ रंगशालामा नेपाल भारत बीचको मैत्रीपूर्ण फुटबल खेल सँगै पहिलो पल्ट खेलको रौनक फर्किएको छ।
भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्न सफल भएका छन्। फिफा बरियतामा आफू भन्दा निकै माथि रहेको भारतीय टोली बिरुद्ध नेपाली टोलीले प्रसंसा गर्न लायक खेल प्रदर्शन गरेको थियो।
विशेष गरि रक्षापंक्ति र मध्यपंक्तिमा नेपालले आफ्नो खेतमा राम्रो सुधार गर्न सफल भएको आजको खेलमा देखिएको थियो।तर अग्रपंक्तिमा भने नेपाली टोलीको प्रदर्शन निकै फितलो देखियो।
अग्रपंक्तिमा प्रभावशाली खेलाडीको अभाव पहिलो मैत्रीपूर्ण खेलमा प्रष्ट देखिएको थियो।अन्जान विष्टले गरेको गोल बाहेक पाएको अवसरलाई सदुपयोग गर्न नेपाली टोली असफल भएको थियो। विपक्षीको डि एरियामा प्राप्त अवसर उपयोगमा नेपाली खेलाडीहरू बीच राम्रो तालमेल र फिनिसिङको अभाव देखिएको थियो।
नेपाली टोलीले दोस्रो खेल जित्ने हो भने फिनिसिङ लाइनमा निकै सुधार गर्नु पर्ने अवस्था पहिलो खेलवाट देखिएको छ।
भारतसंगमो पहिलो खेलमा सवै खेलाडीहरूलाई अनुभव दिलाउन तथा उनिहरूको खेल क्षमता परिक्षण गर्न टिमका अधिकाशं मुख्य खेलाडीहरूलाई नेपाली प्रशिक्षकले मैदानमा उतारेका थिए।
नेपाल भारत बीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुने खेल तालिका रहेको छ।
मैत्रीपूर्ण खेल पछि साफको विशेष तयारीको लागि नेपाली टोली कतार जादैछ।कतारको विशेष प्रशिक्षण पछि नेपाली टोली त्यतैवाट साफ प्रतियोगितामा प्रतिस्पर्धा गर्न मालदिभ्स जानेछन्।
प्रतिक्रिया