लोक दल को प्रेस विज्ञप्ति

इनेप्लिज २०७८ पुष १९ गते १३:११ मा प्रकाशित

नेपाल सरकारले राष्ट्रीय पोशाकलाई औपचारिकता दिनेबारे संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अभिव्यक्ति प्रति लोक दलको गम्भिर ध्यानाकर्षण भएको छ।

अहिलेको राष्ट्रीय पोशाक (दौरा–सरुवाल,कोट र टोपी) ले मधेशी,जनजाति र पिछडावर्ग समुदायको पहिचानलाई स्वीकार नगरेको र त्यसले उनीहरुको प्रतिनिधित्व समेत नगरेको भन्दै विरोध हुँदै आइरहेकोमा राज्यसत्ताले मधेश तथा उपेक्षित समुदायको मागलाई बेवास्ता गर्दै मधेशी,जनजाति र पिछडावर्ग समुदायको भेष–भूषा, रहन–सहन र संस्कृतिलाई राष्ट्रीय पोशाक,भाषा,संस्कृतिको रुपमा मान्यता नदिई हिटलरले जसरी आफ्नो तानाशाही शासनलाई अगाडी बढाउन अघि सारेको एक भाषा,एक भेष,एक संस्कृति,एक राष्ट्रको नीतिलाई लागू गरेको थियो,त्यसरी नै राजा महेन्द्रले पनि तानाशाही पंचायत व्यवस्था टिकाउन हिटलरको सोही नीतिलाई नेपालमा पनि लागू गरेका थिए र पंचायती राष्ट्रवादको नीति अगाडी सारेका थिए।तर,प्रजातन्त्रमा पनि सोही व्यवस्थालाई निरन्तरता दिएपछि मधेशी,जनजाति र पिछडावर्ग लगायत विभेदमा परेका सबै समुदायले यसको कडा विरोध गर्दै आइरहेको छ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि पहिचान र प्रतिनिधित्वलाई स्वीकार नगरी,बहुलतालाई अस्वीकार गर्दै हिटलरकै एक भाषा,एक भेष,एक संस्कृति,एक राष्ट्रको नीति अनुरुप राष्ट्रीय पोशाक (दौरा सुरुवाल)लाई सरकारले औपचारिकता दिन लागेकोमा लोक दल यसको घोर विरोध गर्दछ र यस्तो राष्ट्र विभाजित हुने अभिव्यक्ति दिने मन्त्री आलेलाई तत्काल कारवाही गर्न लोक दल माग गर्दछ एवं सबैको पहिचान झल्किने र प्रतिनिधित्व हुने खालको राष्ट्रीय पोशाक लागू गर्न सरकारसँग आग्रह गर्दैछौं।
यदि सरकारले अलोकतान्त्रिक तवरले सबैको चाहना विपरीत तानाशाही रुपमा एउटा पक्षको मात्र पहिचान गराउने खालको राष्ट्रीय पोशाक लागू गरे देशमा द्वन्दको बिजारोपन हुनेछ र त्यसको सशक्त प्रतिकारमा मधेशी, जनजाति र पिछडावर्ग लगायत सम्पूर्ण उत्पीडित समुदाय उत्रिनेछ।

जय समाज

कौशल कुमार सिंह
अध्यक्ष
मो. ९८५११३३८६१
मिति : २०७८ पौष १९ गते ।

प्रतिक्रिया