अस्ट्रेलियाद्वारा बिश्व कै शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिचको प्रवेशआज्ञा रद्ध

इनेप्लिज २०७८ पुष २१ गते २३:२० मा प्रकाशित

अस्ट्रेलियाले बिश्व कै शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिचको प्रवेशआज्ञा रद्ध गरेको छ । अस्ट्रेलियाली ओपन च्याम्पियन (खुला प्रतियोगिता)मा नोभाक जोकोभिचले अष्ट्रेलिया प्रवेश गर्ने भिसा (प्रवेशआज्ञा )रद्ध गरेपछि आफ्नो २०२१ को उपाधि रक्षा गर्न योग्न नहुन सक्ने भएका छन् ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबार स्थानीय संचार माध्यम संगको अन्तर्वार्तामा उनको प्रवेश आज्ञा रद्ध गरिएको संचार सिएनएनले प्रकाशित गरेको छ ।

जोकोभिकले “अष्ट्रेलियाका लागि प्रवेश आवश्यकताहरू पूरा गर्न उपयुक्त प्रमाण प्रदान गर्न असफल भए पछि प्रवेश आज्ञा रद्ध गरिएको छ,” उनले भने।

२० पटक प्रतिष्ठित प्रतियोगिता बिजेताले यस मौषमको उद्घाटन ग्रान्डस्लाम (बर्षमा ४ पटक महत्वपूर्ण खेल जित्ने खेलाडी )ले चिकित्सा छुट पाएपछि बुधबार मेलबर्न गएका थिए।

तर उनलाई कथित रूपमा प्रवेशआज्ञाको लागि आवेदन दिएपछि विमानस्थलमा राखिएको छ । जसले खोप नलगाएकोमा चिकित्सा छूटलाई अनुमति दिँदैन, अष्ट्रेलियाली संचार माध्यमहरुले उक्त कुरा प्रकाशित गरेका छन् ।

द एज र द सिड्नी मर्निङ हेराल्डका अनुसार अष्ट्रेलियाली सीमा बल (एबीएफ) ले जोकोभिचको टोलीले सर्बिया देश जाने क्रममा प्रवेशआज्ञा पेश गरेकोमा समस्या भएको थाहा पाएपछि राज्य भिक्टोरिया सरकारसँग सम्पर्क गरेको थियो ।

एबीएफले एक विज्ञप्ति जारी गर्दै ३४ वर्षीय खेलाडीको प्रवेशआज्ञा देश प्रवेशका लागि उपयुक्त प्रमाण उपलब्ध गराउन नसकेको भन्दै खारेज गरिएको पुष्टि गरेको छ ।

“अष्ट्रेलियाली सीमा बलले हाम्रो सीमामा आउनेहरूले हाम्रो कानून र प्रवेश आवश्यकताहरूको पालना गर्दछन् भन्ने सुनिश्चित गर्न जारी राख्नेछ,” विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया