बिश्व कै शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाको सीमा अधिकारीहरूले शनिबार बिहान अदालतको आदेश अनुसार शुक्रबारको निर्णय अनुसार हिरासतमा लिएका छन् ।
विश्वको शीर्ष स्थानमा रहेका पुरुष टेनिस खेलाडी जोकोभिचलाई कोभिड-१९ विरुद्धको खोप नलागेको कारण अध्यागमन अधिकारीहरूले उनको प्रवेशाज्ञा दुई पटक खारेज गरेका छन्।
टेनिसका प्रसिद्ध खेलाडीलाई अष्ट्रेलियाली सीमा सुरक्षा बलले शनिबार स्थानीय समय अनुसार दिउसो ४ बजे अन्तर्वार्ता लिएको थियो।
उनलाई लाई सुरक्षित राख्न र “संचार माध्यमको घेरा “बाट बच्नका लागि स्थान सार्वजनिक रूपमा “अज्ञात” रहने कुरामा दुवै पक्षबीच सहमति भएको थियो।
जोकोभिचको मुद्दा अस्ट्रेलियाको संघीय अदालतमा बहस भइरहेकोले शनिबार राति पूर्व आध्यागमन हिरासतमा बिताउने अपेक्षा गरिएको छ।
शनिबारको प्रारम्भिक सुनुवाईमा, मुद्दाको अध्यक्षता गरिरहेका न्यायाधीश डेभिड ओ’कालाघनले भने कि अदालतले आइतवार विस्तृत मौखिक तर्कहरू सुन्नेछ।
यदि जोकोभिचको अपील सफल भयो भने, त्यो समय तालिकाले उनलाई सोमबार प्रतिस्पर्धा गर्न अनुमति दिनेछ भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया