बिश्व कै शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिचले अदालतलाई दिएको चुनौती खारेज,उनि स्वदेश फर्के

इनेप्लिज २०७८ माघ २ गते १२:२४ मा प्रकाशित

बिश्व कै शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिचले अदालतलाई दिएको चुनौती खारेज भएको छ । अदालतले उनले दिएको चुनौतीलाई खारेज गरे पछि उनि अत्यन्तै निराश भएका छन् ।

स्थानीय समय अनुसार आइतबार साँझ प्रस्थान उनि इमिरेट्सको उडानबाट अस्ट्रेलियाबाट दुबई लागेका छन भनि सिएनएनले समाचार लेखेको छ ।

उनले खोप नलागेको कारण उनले यस्तो अवस्थाको सामना गर्नु पर्यो ।

अष्ट्रेलियाका न्यायाधीशहरूले दोस्रो पटक प्रवेशाज्ञा (भिसा) रद्ध गरेको सम्बन्धि उनले हालेको मुद्धालाई खारेज गरिए पछि अस्ट्रेलिया खुला टेनिस प्रतियिगिताबाट सहभागी हुनबाट बन्चित भएका छन् ।

जोकोभिचले अदालतको निर्णयबाट आफू “अत्यन्तै निराश” भएको बताए ।

जोकोभिचले आफूले छोडेको पुष्टि गरे: “म अष्ट्रेलियामा रहन र अस्ट्रेलियन ओपन(प्रतियोगिता )मा भाग लिन सक्दिन।”

उनले न्यायाधीशको निर्णयमा “अत्यन्तै निराश” भएको बेला भने, “म अदालतको निर्णयको सम्मान गर्दछु र म अष्ट्रेलियाबाट मेरो प्रस्थानको सम्बन्धमा सम्बन्धित अधिकारीहरूलाई सहयोग गर्नेछु।”

उनले अब आराम गर्न समय लिनेछन्, उनले अष्ट्रेलियन प्रतियोगिताका प्रशंसक, कर्मचारी र अस्ट्रेलिया खुला प्रतियोगिताका खेलाडीहरूलाई समेत शुभकामना दिएका छन् ।

पढ्नुहोस् जोकोभिचको पूर्ण पाठ :

“म आजको अदालतको सुनुवाईको नतिजालाई सम्बोधन गर्नको लागि संक्षिप्त वक्तब्य गर्न चाहन्छु। म अब आराम गर्न र ठिक हुनको लागि केहि समय लिनेछु,

“मेरो प्रवेशाज्ञा (भिसा )रद्द गर्ने मन्त्रीको निर्णयको न्यायिक समीक्षाको लागि मेरो आवेदन खारेज गर्ने अदालतको निर्णयबाट म अत्यन्त निराश छु, जसको मतलब म अष्ट्रेलियामा रहन र अस्ट्रेलियन ओपनमा भाग लिन सक्दिन।

‘अदालतको फैसलालाई म सम्मान गर्छु र म देश छोड्ने सम्बन्धमा सम्बन्धित निकायलाई सहयोग गर्नेछु।”

“विगतका हप्ताहरू ममा केन्द्रित भएकोमा म असहज छु र मलाई आशा छ कि हामी सबैले मलाई मनपर्ने खेल र प्रतियोगितामा ध्यान केन्द्रित गर्न सक्छौं। म खेलाडीहरू, प्रतियोगिताका अधिकारीहरू, कर्मचारीहरू, स्वयंसेवकहरू र प्रशंसकहरू सबैलाई शुभकामना दिन चाहन्छु।

“अन्तमा, म मेरो परिवार, साथीहरू, टोली, समर्थकहरू, प्रशंसकहरू र मेरा साथी सर्बियालीहरूलाई तपाईहरुको निरन्तर समर्थनको लागि धन्यवाद दिन चाहन्छु। तपाईहरू सबै मेरो लागि बलको ठूलो स्रोत हुनुहुन्छ।”

न्यायाधीश जेम्स एल्सपले पहिले भने कि जोकोभिचको प्रवेशाज्ञा (भिसा) रद्द गर्ने अध्यागमन मन्त्रीको निर्णयलाई समर्थन गर्ने अदालतको निर्णय सर्वसम्मत थियो।

प्रतिक्रिया