मनोज दाहाल,मोरङ,४ माघ (रासस) मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्तकालय जिल्ला स्तरीय ‘बि’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको प्रतियोगितामा विजयी भएको छ।
मोरङ जिल्ला फुटबल संघद्वारा आयोजित स्थानीय शहीद रंगशाामा भएको खेलमा मुनालले रानी युवा क्लबलाई १–० ले पराजित गरी ‘ए’ डिभिजनमा वढुवा भएको छ।मुनाल छ अंकका साथ जिल्लाको ‘ए’ डिभिजनमा वढुवा भएको छ।
क्षेक ‘क’ अन्तर्गत विराटनगरमा भएका तीन क्लबमध्ये मुनालको छ अंक, रानी युवा र त्रिवेणी वाचनालय अंक विहीन रहेका छन्।खेलको म्यान अफ द म्याच मुनालका शिवकुमार चौधरी भएका छन् ।।
प्रतियोगितामा जिल्ला छ वटा ‘बि’ डिभिजन क्लबहरु मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालय,त्रिवेणी वाचनालय, रानी युवा क्लब, चारतारे स्पोर्टिङ क्लब, एम्ब्रियो फुटबल क्लब र रमाइलो फुटबल क्लबको सहभागिता रहेको छ।
बिहीबार विराटनगरमा रानी युवा क्लब र त्रिवेणी वाचनालयबीच प्रतिस्पर्धा हुनेछ।
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया