विराटनगर,८ माघ।आइटिएफ तेक्वान्डो संघ मोरङको अध्यक्षमा युवराज भुजेल निर्विरोध निर्वाचित हुनु भएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा आज सम्पन्न भएको पाँचौ जिल्ला अधिवेशनबाट भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएको हो।
यस्तै उपाध्यक्षमा सन्तोष कुमार श्रेष्ठ, सचिब राजकुमारी तामाङ्ग,सहसचिब स्वीकार बस्नेत र कोषाध्यक्ष मन्दिप रायामाझी रहनु भएका छन्।
समितिको सदस्यहरुमा हरी न्यौपाने, सार्थक पोखरेल,केरिसा आचार्य,इन्दिरा थापा,मिलन राई र प्रेम चौधरी निर्वाचित हुनु भएको छ।
कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफले,उपाध्यक्ष राजमती इङनाम, नेपाल इन्टरनेशनल तेक्वान्डो महासंघको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का अध्यक्ष प्रविण कुमार कार्की,मोरङ जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख राजन कुमार पोखरेल,आइटिएफका चतुरलाल चौधरी,सचिब नविन तामाङलगायतले खेलकुद क्षेत्रको विकासमा राज्यले पहिलो प्रथामिकतामा राखेर बजेट बिनायोजन गरे मात्र यस क्षेत्रको विकासमा फड्को मार्ने बताउनु भएको छ।
उहाँहरुले खेलाडीहरु राज्यको गहना भएकोले तीन तहको सरकारले खेलकुद क्षेलाई पहिलो प्राथामिकतामा राखेर बजेट विनियोजन गर्नुपनेमा जोड दिनु भयो।
प्रतिक्रिया