अष्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा नाडाल बिजयी ,किर्तिमान कायम गर्न सफल

इनेप्लिज २०७८ माघ १६ गते २२:१६ मा प्रकाशित

रफाएल नाडालले पुरुष तर्फको एकल अष्ट्रेलियन ओपन (खुला )टेनिस प्रतियोगिता जितेका छन् । साथै नाडालले सबैभन्दा धेरै यो महत्वपूर्ण खेल (ग्रान्ड स्लाम) २१ औ पटक जित्ने पुरुष तर्फ नाम लेखाउदै किर्तिमान गर्न सफल भएका छन् ।

लगभग ५ घण्टा ३० मिनेट सम्म खेल चलेको थियो । प्रारम्भमा ड्यानिल मेडवेडेव सँग २ खेलमा हारेता पनि पछि पुन ३ खेल लगातार जितेर सबैलाई आश्चर्य पारेका थिए ।

नाडालले पछिल्ला ३ खेलमा कुनै गल्ती नगरी आफ्नो पक्षमा अंक वृद्धि गर्दै बिजयी हुन् सफल भएका छन ।

आज यो उपाधि प्राप्त गर्दै ३५ वर्षीय खेलाडी नाडाल शीर्ष ३ वरियता क्रमका उच्च आफ्ना लामो समयका प्रतिद्वन्द्वी रोजर फेडेरर र नोभाक जोकोभिचभन्दा एउटा ठूलो उपाधि हात पार्न सफल भएका छन्

आइतबार राति सुरु भएको प्रतियोगितामा २-६, ६-७ (५), ६-४, ६-४, ७-५ ले उनि बिजयी भएका छन् ।

नाडाल कम्तिमा दुई पटक खेलको चार प्रमुख उपाधि जित्ने इतिहासमा चौथो व्यक्ति बनेका छन् भनि युएसए टुडेले समाचार लेखेको छ ।

प्रतिक्रिया