चीनमा भै रहेको शीतकालीन ओलम्पिक पुरुष बरफ हकीमा अमेरिकाले क्यानडालाई हराएको छ । १२ वर्षपछि पहिलो पटक ओलम्पिकमा पुरुष आइस(बरफ ) हकीमा अमेरिकाले क्यानडालाई हराएको हो ।
संयुक्त राज्य अमेरिकाले क्यानडालाई ४-२ ले हराएको छ । अमेरिकी पुरुष टोलीको ओलम्पिक बरफ हकीमा १२ वर्षमा क्यानडाविरुद्धको पहिलो जित हो।
अमेरिकाले आइतवार जर्मनीको सामना गर्दैछ भने आफ्ना दुवै प्रारम्भिक खेल जितेको छ । त्यसपछि, प्रतियोगितामा शीर्ष स्थानमा रहेका टोलीहरू भिड्ने छन् ।
डिसेम्बर २२ मा राष्ट्रिय हकी लिगले २०२२ को शीतकालीन ओलम्पिकमा भाग नलिने घोषणा गरेको थियो ।
घोषणाको समयमा कोभिड-१९ अत्यधिक रुपमा वृद्धि भएकोले नलिने घोषणा गरेता पनि पछि निर्णय फिर्ता लिएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया