गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

इनेप्लिज २०७८ फागुन १ गते १४:५५ मा प्रकाशित

लन्डन।एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै ब्याज लगाएर भिडेका एक व्यवसायिकबक्सरले प्रतियोगिता जितेका छन् ।

फेब्रुअरी १२ शनिबार लन्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा ३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरर ३५ वर्षीय अमेरिकी खेलाडी ज्याकोब बीच घमासान भिडन्त भएको थियो।

दुई निर्णायकले राइडरलाई ११५-११३ र ज्याकोबलाई ११५-११३ स्कोर दिएका थिए।

राइडरले अब विश्व च्याम्पियन क्यानेलो अल्भारेज वा जिनेडी गोलोभकिन (त्रिपल जी) संग लन्डन ओटु वावेम्ली एरिनामा भिड्नेछन्।

राइडरले सन् २०१० मा व्यवसायिक खेल शुरु गरेसंगै आजसम्म भएका उच्चस्तरीय ३५ प्रतिस्पर्धामा भाग लिएका छन्।

तिमध्ये उनले ३१ फाइटमा जित हासिल गरेका छन् भने ५ वटामा पराजय भोग्नु परेको थियो।उनी विश्वबक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियनको रुपमा पनि परिचित छन्।

एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व

गर्दै उत्रिएका पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले प्रतियोगिता जितेकामा एनआरएनएयूके अध्यक्ष प्रेमगाहामगरले वधाइ दिएका छन् ।

अध्यक्ष गाहामगरले राइडरले नेपाली र गोर्खा समुदायको पहिचान अन्तर्राष्ट्रिय जगतमा राख्न सफल भएकोबताउंदै उनलाई छिट्टै एनआरएनए यूके कार्यालयमा सम्मान गरिने पनि जनाए । ‘राइडर नेपालीप्रति हुरुक्कै हुनेबेलायती नागरिक हुन्।उनले हामीलाई गरेको देनबाट उनी सम्मानको हकदार छन्’,गाहामगरले भने।

गाहामगरकै अनुरोधमा राइडरले एनआरएनए यूके तथा गोर्खाको प्रतिनिधित्व गर्दै बक्सिङ खेलेका थिए।गाहामगर राइडरका पूर्व प्रशिक्षक हुन्।

बक्सिङको संसारमा ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यु. बी. सी. च्याम्पिनयनसिप २०१९ का विजेता हुन्।

विश्वकै एक उत्कृष्ट खेलाडी जोनले यसअघि लस भेगस अमेरिका तथा ओ टु एरिना,लन्डनमा भएका चर्चितबक्सिङ खेलहरुमा एनआरएनए यूके र गोर्खा ब्याज लगाएर खेलेका थिए।

प्रतिक्रिया