विराटनगर,५ फागुन(रासस):किकेट खेलको विकास एवं सामाजिक सदभाव कायम गर्न यही फागुन ११ गतेदेखि १४ गतेसम्म विराटनगरमा ९ औं मारवाडी प्रिमियर लिग(एमपिएर–९) प्रतियोगिताको आयोजना हुने भएको छ।
नेपाल अग्रबाल युवा मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मारवाडी समुदाय अन्तर्गतका अग्रवाल,माहेश्वरी,ओस्वाल,मारवाडी ब्राह्मण,मेंढ स्वर्णकारका युवा टीमहरुको सहभागिता हुने छ।
मञ्चका अध्यक्ष प्रदीप अग्रवाललले विराटनगर –२ स्थित शंकरपुरमा हुने प्रतियोगितामा मेजिक स्ट्राकर,प्रिमियर ११,हुलास ११,परशुराम वारियर,सिएसवी ११ गरी पाँच टीम वीच १० वटा लिग कल नकआउट प्रतियोगिता हुने जानकारी दिनु भयो।
प्रतियोगितामा बिजयी हुने प्रथम टीमलाई नगद रु ६१ हजार,दोश्रोलाई २१ हजार र ट्रफि सहितको पुरस्कार प्रदान गरिने भएको छ।
प्रतियोगिताका संयोजक हेमन्त अग्रवालले उक्त खेल टि –१० को आधारमा खेलाइने जानकारी दिनु भयो।
प्रतियोगिता पूर्व युवाहरु वीच खेलकूदप्रति अभिरुचि जगाउन मोटर साइकल र्याली ले नगरका विभिन्न स्थानको परिक्रमा गरिने भएको छ।मारवाडी युवा लिग विगत १२ बर्ष देखि सञ्चालन हुदै आएको छ।
प्रतिक्रिया