दारी ग्याङको छैठौं वार्षिकोत्सब, विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण

आशिष पुरी / पोखरा २०७८ फागुन ६ गते २३:५२ मा प्रकाशित

दारी ग्याङको छैठौं वार्षिकोत्सबको अवसरमा दारी ग्याङ पोखराले माछापुच्छ्रे गाउँपालिका-४, स्थित श्री देउराली आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ।

दारी ग्याङका सदस्यहरुले विद्यालयमा विद्यार्थीहरु माझ नै केक काटेर आफ्नो वार्षिकोत्सब कार्यक्रम मनाएका छ्न। कार्यक्रममा भित्तेकलामा पोख्त दारी ग्याङ आवद्ध कलाकार सुमन वाग्लेले चित्रकलामा इच्छुक विद्यार्थीहरुका लागि आवश्यक सामाग्री पनि प्रदान गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य दारी ग्याङ पोखराका पूर्व संयोजक बसन्त पहारीले राखेका थिए भने विद्यालयका तर्फबाट प्रध्यानाध्यापक प्रेमलाल पोखरेलले स्वागत गर्दै विद्यालयलाई सहयोग लिएर आउनुभएकोमा धन्यवाद व्यक्त गरेका थिए। दारी ग्याङ केन्दृय कमिटीका सचिव मनोज मालीले शुभकामना मन्तव्यका साथसाथै दारी ग्याङको स्थापना बारे प्रकाश पारे। यस्तै दारी ग्याङ पोखराका संस्थापक संयोजक शेखर गौतमले सानो सानो सहयोग कार्यक्रमले नै बालबालिकाको आफ्नो उज्ज्वल भविस्य कोर्न सहयोग पुर्याउने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राज अधिकारीले यो शुभकामको संयोजन गर्न पाँउदा निकै खुसी लागेको बताए। कार्यक्रमको अध्यक्षता दारी ग्याङ पोखराका पूर्व संयोजक बसन्त पहारीले गरेका थिए भने कार्यक्रम संचालन रमेश पोख्रेलले गरेका थिए। शैक्षिक सत्रको अन्त्य आउनै लागेको भएपनी लामो समयको लकडाउन पछि नयाँ जोश र जांगरका साथ विद्यार्थीहरु उपस्थित भएका थिए।

विद्यालयमा कक्षा नर्सरी देखि ८ सम्म १४० जना विद्यार्थी अध्ययनरत छ्न। विशुद्ध सामाजिक सेवामा समर्पित फेसबुक समूह दारी ग्याङको स्थापना २०७२ साल फाल्गुन ६ गते भएको हो। १ लाख भन्दा बढि युवाहरु सम्मिलित समुहले विभिन्न सामाजिक काममा अग्रसरता जनाउँदै आफुलाई समाज र देशैभर फरक पहिचान बनाउन सफल भएको छ।

प्रतिक्रिया