विराटनगर,१२ फागुन।नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा नवौं मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगितामा आज यहाँ तीन खेल सम्पन्न भएको छ।
आज भएको पहिलो खेलमा प्रिमियर–११ले सिएसवि–११ लाई १३० रनले पराजित गरेको छ।
यसैगरी आज भएको दोस्रो खेलमा हुलास–११ ले पर्शुराम वारियर्सलाई पाँच विकेटले पराजित गरेको छ।
आजै भएको तेस्रो खेलमा म्याजिक स्ट्राइकर्सले सिएसवि–११ लाई ९० रनले पराजित गरेको छ।
शुक्रबारको पहिलो खेल प्रिमियर–११ र पर्शुराम वारियर्स,दोस्रो खेल हुलास ११ र सिएसवि–११ तथा तेस्रो खेल सिएसवि –११ र म्याजिक स्ट्राइकर्स विच हुने खेल संयोजक हेमन्त अग्रवालले जानकारी दिनु भयो ।उक्त्त प्रतियोगिता टि–१० को आधारमा भइरहेको छ।
प्रतिक्रिया