गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाका सदस्यहरूलाई गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) बाट अध्यक्ष बुद्धि सागर सुबेदीलाई सम्बोधन गर्दै पञ्जीकृत सदस्यहरू बाट प्राप्त शुल्कको बारेमा पठाइएको पत्रको सम्बन्धमा मार्च ४ तारिक २०२२ मा आकस्मिक बैठक बसी छलफल भएको छ।आकस्मिक बैठकले आईसीसीमा विधि, विधान र प्रक्रिया पुर्याएर एनआरएनए एनसीसी अमेरिकाले प्रति सदस्य ५ डलरका दरले सदस्यता शुल्क बापत उठाएको रकम पठाउनुपर्ने निर्णय गरेको छ।
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले आफ्नो भवन खरिद गर्नको लागि पञ्जीकृत सदस्यता शुल्क बापत आईसीसीलाई प्रति सदस्य बुझाउनु पर्ने ५ डलर आफ्नै भवन खरिद प्रयोजनको लागि प्रयोग गर्न दिनका लागि आग्रह गरेको सबैलाई विदितै छ।एनआरएनए एनसीसी अमेरिकाले सदस्यता शुल्क मिनाहाको सम्बन्धमा गरेको पत्राचारको विषयमा हालसम्म आईईएस आईसीसीको बैठकमा छलफलका लागि प्रस्तुत भए–नभएको वा बैठकबाट कुनै ठोस निर्णय गरिएको छ वा छैन भनी कुनै आधिकारिक जवाफ प्राप्त भैसकेको छैन।
गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको विधानको Article V INSTITUTIONAL AFFILICATION को CLAUSE 28 D II अन्तर्गत आईसीसीलाई रकम पटाउँदा एनसीसीलाई दिनु पर्ने PO , INVOICE, W-8 BEN र नेपाल सरकारबाट आईसीसी गैर–नाफा मूलक संस्था हो भनी प्रमाणित कागजात एनसीसी अमेरिकाको अडिट प्रकृयाको लागि आवश्यक पर्ने भएको हुँदा सो कागजातहरू उपलब्ध गराउन औपचारिक तथा अनौपचारिक रूपमा पटक–पटक अनुरोध गरिएकोमा राष्ट्रिय समन्वय परिषदले आबश्यक कागजातहरू माग गर्दै पठाइएका जानकारी र पत्रहरूको समयमा जवाफ प्राप्त गर्न सकेको छैन।
विगतमा आवश्यक कागजात माग गर्दा प्राप्त नभएको हुँदा आईसीसीमा बिधानत रकम पठाउन आवश्यक पर्ने कागजातहरू PO,INVOICE, W-8 BEN र नेपाल सरकारबाट आईसीसी गैर-नाफा मूलक संस्था हो भनी नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित कागजात तुरुन्त उपलब्ध गराउनको लागि पत्राचार गर्ने निर्णय बमोजिम आईसीसीलाई पत्राचार गरिसकिएको छ।
आईसीसीले एनसीसी अमेरिकाद्वारा पठाएका प्रतिनिधिहरूको सूचीलाई आफ़ुखुशि परिवर्तन गर्ने,पटक–पटक राष्ट्रिय समन्वय परिषदसंग समन्वय नगरी प्रतिनिधि फेरबदल गर्दै आइरहेको हुँदा अमेरिकी कानुन अनुसार दर्ता भएको संस्थाले विधान अनुसार पठाएका प्रतिनिधिहरू फेरबदल नगर्न आग्रह गरेको छ। एनसीसीहरुले पठाएका प्रतिनिधिको नामावलीलाई आईसीसीले आफूखुशी परिवर्तन गर्न पाउने अधिकार राख्दैन।एनआरएनए अमेरिका मात्र होइन अरू ठुला एनसीसीहरुलाई समेत आइसीसीले विधि विधान भन्दा बाहिर गएर गरिरहेका काम कारवाहीले सिङ्गो एनआरएनए अभियानलाई नै तहसनहस बनाउन खोजेको प्रतित भएको छ।
आईसीसीले अमेरिकाका साधारण सदस्यहरूलाई व्यक्तिगत गोपनीयताको रूपमा रहेको इमेलमा कुन माध्यमबाट इमेल आइडी प्राप्त गरी इमेल पठाएको हो सो सम्बन्धमा छानबिन गरी व्यक्तिगत गोपनीयता भङ्ग भए नभएको बुझने कार्यको लागि आईसीसीले इमेल आइडी कुन माध्यमबाट प्राप्त गरेको हो सो को जानकारी गराउन पत्राचार गरी सकिएको छ।
आइसीसीले एनआरएनए अमेरिकालाई पठाएको पत्रसँगै उब्जिएका सबै विषयहरु लाई दुई महिना भित्रमा आवश्यक गृहकार्य गरी ठोस समाधान गर्नको लागि महासचिव अन्जन कुमार चौलागाईंको संयोजकत्वमा,सचिव अनुप खनाल,कोषाध्यक्ष राजीव श्रेष्ठ,प्रवक्ता तोया दाहाल र युवा संयोजक त्रिभुवन पाण्डे रहेको ५ सदस्य समिति निर्माण गर्ने निर्णय बैठकले गरेको छ।सो समितिले आइसीसीलाई बुझाउनुपर्ने सदस्यता शुल्कको विषयलाई विधि विधान सम्मत ढङ्गले टुंग्याउन आइसीसीसँग वार्ता गरी यथासम्भव चाडो समाधान गर्ने जिम्मेवारी प्रदान गरिएको छ।सो समितिले डाटाको दुरुपयोग भएनभएको सम्बन्धमा छानबिन गरी दुई महिना भित्रमा कार्य समितिलाई सुझाव दिने निर्णय समेत गरिएको छ।
एनआरएनए अमेरिकाको विधान तथा आइसीसीको मौजुदा विधान अनुसार समेत सदस्यता शुल्क बापतको रकम पठाउनु पर्ने निश्चित समय सीमा नतोकिएको हुँदा सदस्यता शुल्कको विषयमा आइसीसीसँग पत्राचार भई रहेको समयमा एनसीसीलाई नै खारेज गर्ने गरी पठाएको पत्र आँफैमा अपरिपक्व रहेको हुँदा सो पत्राचारको सम्बन्धमा खेद प्रकट गर्ने निर्णय बैठकले गरेको छ।
अन्जन कुमार चौलागाई
महासचिव,गैर अवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका
मिति मार्च ६ तारिक २०२२
प्रतिक्रिया