इन्डो–नेपाल क्रिकेट–एमसिसी विराटनगर विजयी

इनेप्लिज २०७८ फागुन २६ गते २३:०३ मा प्रकाशित

विराटनगर,२६ फागुन।इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता अन्तर्गत आज भएको खेलमा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगर बिजयी भई सेमिफाइनलमा पुगेको छ।

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीद्वारा आयोजित विराटनगर जुटमिल खेल मैदानमा भएको प्रतियोगिताको आजको खेलमा एमसिसीले होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले १७ दशमलव पाँच बलमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो भने १२९ रनको बिजय लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १६ दशमलव पाँच ओभरमा आठ विकेटको क्षतिमा सो लक्ष्य पुरा गरेको थियो।

एमसीसीका हासिम अन्सारीले ३८ बलमा ३८ रन बनाउनुका साथ ‘म्यान अफ म्याच’ घोषित भएका छन्।पहिलो सेमिफाइनल खेल फागुन २७ गते शुक्रबार एमसिसी ‘ए’ र पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा हुने एकेडेमीले जनाएको छ।

प्रतिक्रिया