विराटनगर,२८ फागुन।समशेर क्रिकेट क्लब कानपुर(भारत) विराटनगरमा सञ्चालित इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ।
मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सन्नी क्रिकेट क्लब कटियार(भारत)लाई ११३ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ।
टस हारेर ब्याटिङ गरेको कानपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो।
सन्नी क्रिकेट क्लब कटियारले १४ दशमलब ४ बलमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाएको छ।
कानपुरका अलराउण्डर खेलाडी राहुल सिंहलाई छ विकेट लिएवापत ‘म्यान अफ म्याच’बाट पुरस्कृत गरिएको छ।
आगामी चैत १ गते हुने अन्तिम खेल कानपुर र पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरवीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया