विराटनगर,५ चैत।युवाहरुलाई लागु पदार्थ दुव्यर्सनवाट जोगाई खेलकूदप्रति आवद्ध गर्न विराटनगर रानीमा ‘मिल्स गोल्ड कप फुटबल प्रतियागिता–२०७८ आयोजना हुने भएको छ।
मिल्स गोल्ड कप फुटबल ट्रष्टद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ११ गतेदेखि १८ गतेसम्म विराटनगर रानीको जुटमिल खेलमैदान हुने प्रतियोगितामा प्रदेश नं १ र मधेश प्रदेशका गरी आठ वटा टोलीको सहभागिता हुने जानकारी दिइयो।
ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगितामा सशस्त्र प्रहरी पूर्वाञ्चल,साईनो स्पोर्टस क्लव रानी मिल्स एरिया,गोधुली क्लब धरान सुनसरी, उर्लाबारी–११ मोरङ,गाईघाट–११ उदयष्पुर, एन्फा एकेडेमी धरान सुनसरी, दमक एकेडेमी झापा र गोलबजार प्रतिभा फुटबल क्लव सिरहावीच प्रतिस्पर्धा हुने बताउनु भयो।
नकआउट आधारमा हुने प्रतियोगिताका प्रथम हुने टीमलाई रु दुई लाख एक हजार,उपबिजेता टीमलाई रु एक लाख एक हजार नगद तथा ट्रफी एवं प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक किशोर सुव्वाले जानकारी दिनु भयो।
यसैगरी म्यान अफ द म्याच,,प्रशिक्षक, गोलकिपर डिफेन्स, मिड फिल्डर, फरवार्ड,सर्वाधिक गोलकर्तालाई नगद पुरस्कारको व्यवस्था गरिएको कोषाध्यक्ष विष्णु डङ्गोलले बताउनु भयो।मिल्स एरिया क्षेत्रका साथै विदेशमा बसेका नागरिकहरुले आर्थिक सहयोगमा संकलन गरी रु २५ लाख प्रतियोगिता सम्पन्न गर्न खर्च लाग्ने अनुमान गरिएको छ।
आगामी बर्षदेखि नेपालका ए श्रेणीको टीमको प्रतियोगितामा सहभागिता गर्ने प्रतिवद्धता ट्रष्टले जनाएको छ।यस क्षेत्रमा खेलकूद प्रतियोगितामा गर्न रङ्शालाको अभाव रहेकोले मिल्स एरियामा बन्द रहेको अशोक टेक्टायल वा जुट मिलको जग्गा उपलव्ध भएमा विभिन्न खेलकूदको एकेडेमी संचालन गरी खेलकुद केन्द्रको विकास गर्ने ट्रष्टका वरिष्ठ उपाध्यक्ष अमृत गुरुङले बताउनु भयो।
प्रतिक्रिया