फेवातामा अचम्मको खेल ट्राइथोलन भिडियो सहीत

इनेप्लिज २०७८ चैत १९ गते २२:४६ मा प्रकाशित

पोखरामा शनिबार सम्पन्न एशियन ट्राइथोलन एण्डं दक्षिण एशियाली ट्राइथोलन च्याम्पियनसीपको उपाधि पुरुष तर्फ जापान र महिला तर्फ काजकिस्तानले जितेको छ।ट्राईथोलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर,साईक्लिङ्ग १० कि।मि। र दौड ५ कि।मि।को दूरी पूरुषत तर्फ जापानका जेन्ता भेकहिडाले ५३ मिनेट १४ सेकेण्डमा पुरा गदै स्वर्ण जिते।

त्यस्तै जापानकै क्योतारो योसहिकावाले ३५ मिनेट २२ सेकेण्डमा दुरी पार गदैँ रजत र अष्ट्रियाका लेवन पउगरले ५३ मिनेट ३६ सेकेण्डमा दुरी पार गदै कास्य पदक जिते।

महिला तर्फ स्वर्ण पदक जितेकी काजकिस्तानकी इकातेरिना शाबालिनाले एक घण्टा २ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरिन्।उनलाई पच्छाउदै जापानकी हिराकु फुकुओकाले एक घण्टा २ मिनेट ५३ सेकेण्डमा दुरी पार गदै रजत पदक र काजकिस्तानकी नाडेजाडा बेकमागान बेटोभाले एक घण्टा ४ मिनेट १४ सेकेण्डमा दुरी पार गदै कास्य पदक जितिन्।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान,भारत,बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ३७ र महिला तर्फ २२ खेलाडीले सहभागिता जनाएका थिए।नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले विजेतालाई पुरस्कार वितरण गरेका थिए।

पोखाराको पर्यटकिय स्थल लेकसाइडमा भएको प्रतियोगितामा फेवा तालमा पौडी, मुख्य सडकमा साइक्लिङ्ग र दौडका लागि व्यवस्थ मिलाईएको थियो । नेपाल ट्राइथोलन एसोसियनले प्रतियोगिता आयोजना गरेको हो।

भिडियो सहीत

प्रतिक्रिया