विराटनगर,२२ चैत।प्रदेश नं १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशकोे खेलकुदलाई उत्कृष्ट बनाउनुपर्ने बताउनु भएको छ।
उहाँले मन्त्रालयमा आज आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जीनाजङ्ग कार्की(मोरङ,विराटनगर) र सदस्य सचिवको हंशराज वाग्ले( ज्यामिरे,ओखलढुंगा)लाई सपथ ग्रहण गराउँदै सो कुरा बताउनु भएको हो।
मन्त्री राईले प्रदेशको खेलकुद क्षेत्रको समग्र विकास आवश्यक रहेकोमा जोड दिदै यसलाई गतिदिने गरि काम गर्न आग्रह गर्नुभयो।प्रदेश मन्त्रिपरिषद्को आज विहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्षमा विराटनगरकी कार्की र सदस्य सचिवमा ओखलढुंगाको ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया