विराटनगर,२२ चैत।प्रथम मेयर कप टि –२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज यहाँ भएको खेलमा विराटनगर र राजविराज विजयी भएको छ।
विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा महानगरपालिका –१९ स्थित झापा वैजनाथपुरको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आज देखिशुरु भएको पहिलो खेलमा विराटनगरले झापाको मेची नगरपालिकालाई ३६ रनले पराजीत गरेको छ।विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२२ रन बनाएको थियो भने झापाले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रन मात्र बनाएको थियो।
दोस्रो खेलमा सप्तरीको राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गरेको छ।राजविराजले २० ओभरमा सात विकेटको क्षतिमा १२० रनको बनाएको थियोे भने इनरुवाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५३ रन मात्र बनाउन सकेको थियो।
प्रतियोगितामा प्रदेश नं १ को विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मधेश प्रदेशको विरगञ्ज महानगरपालिका,जनकपुरधाम उपमहानगरपालिका र राजविराज नगरकालिका सहभागिता रहेको छ।
प्रतियोगिताका विजेताले नगद रु १ लाख एक हजार तथा उपविजेताले रु ५१ हजार र ट्रफि प्राप्त गर्नेछन।प्रतियोगितामा छ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको आधारमा खेलाईएको छ।प्रतियोगिताको अन्तिम खेल आगामी चैत २६ गते हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया