प्रथम टि–२० मेयर कप क्रिक्रेट कपको विजेता राजविराज

इनेप्लिज २०७८ चैत २६ गते १५:५६ मा प्रकाशित

विराटनगर,२६ चैत।प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता राजविराज नगरपालिकाले जितेको छ।

विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा वडा नं –१९ मा रहेको झापा वैजनाथपुर खेल मैदानमा आज भएको फाइनल खेलमा जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको हो।टस जितेर पहिले ब्याटिङ्ग गरेको राजविराजले निर्धारित २० ओभरमा आठ विकेट गुमाई ९७ रनको बनाएको थियो भने जनकपुरले २० ओभरमा ८७ रन मात्र बनाएको थियो।

म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भै रु ११ हजार नगद प्राप्त गरेका छन्।विजेता राजविराजले नगद रु एक लाख एक हजार र उप विजेता जनकपुरले रु ५१ हजार र ट्रफि प्राप्त गरेको छ।

विजयी तथा अन्य खेलाडीलाई विराटनगरमहानगर पालिकाका प्रमुख भीम पराजुली,राखेपका पूर्व सदस्य सचिव सुधिर अर्याल,होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेल,नेपालका पूर्व अन्तर्राष्टिय खेलाडी पारस लुनिया,पूर्व प्रशिक्षक राजकुमार दास र मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष नविन घिमिरेलगायतले पुरस्कार तथा ट्रफी वितरण गर्नु भयो।प्रतियोगितामा प्रदेश नं १ को आयोजक विराटनगर महानगरपालिका,इनरुवा नगरपालिका,मेची नगरपालिका तथा मधेश प्रदेशको विरगञ्ज महानगरपालिका,जनकपुरधाम उपमहागरपालिका र राजविराज नगरपालिका सहभागि भएका थिए।

 

प्रतिक्रिया