अमेरिकाको हाइल्याण्ड पार्क शहरमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ७ पुग्यो ,३९ जनाको अस्पतालमा उपचार

इनेप्लिज २०७९ असार २१ गते २१:०९ मा प्रकाशित

अमेरिकी स्वतन्त्र दिवसको अवसरमा संचालन गरिएको जुलूस(परेड )मा गत जुलाई ४ का दिन इलिनोइसमा हाइल्याण्ड पार्क नामक शहरमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

ताजा जानकारी अनुसार कूल ३९ जनाको अस्पतालमा उपचार भै रहेको र केहीको उपचार गरे पछि घर फर्केका छन ।

सोमबार भएको घातक सामूहिक गोलाबारीबाट सातौं पीडितको मृत्यु भएको नगर प्रमुख मेयर न्यान्सी रोटरिङले सिएनएनलाई बताएकी छिन ।

नर्थशोर युनिभर्सिटी हेल्थ सिस्टम(विश्व बिद्यालय स्वास्थ्य पद्धति )का जनसम्पर्कका वरिष्ठ निर्देशक जिम एन्थोनीले थप जानकारी दिए अनुसार सामूहिक गोलीकाण्डबाट चार अस्पतालमा जम्मा ३९ जनालाई उपचार गरिएको जनाए ।

लेक काउन्टी शेरिफको कार्यालयका प्रवक्ता उप प्रमुख क्रिस्टोफर कोवेलीका अनुसार उनीहरूलाई या त अस्पताल लगिएको थियो वा आफैंलाई अस्पताल पुगेको बताए ।

पीडितहरूलाई हाइल्याण्ड पार्क, इभान्स्टन, स्कोकी र ग्लेनब्रुकका अस्पतालहरूमा लागिएको एन्थोनीले भने।

एन्थोनीका अनुसार नौ जना बिरामीहरू अस्पताल भर्ना भएका छन । मृत्यु हुनेहरुको नाम सार्वजनिक भएको छ भने उनीहरुको उमेर ३५ ,३७ ,७८ देखि ८८ बर्षका र बीचका रहेका छन् । चार जना बिरामीहरुको अवस्था राम्रो छ भने अन्य चारहरु स्थिर अवस्थामा छन ।

साथै एक ६९ बर्षिय बृद्ध इभान्स्टन अस्पतालमा गोली लागेर गम्भीर अवस्थामा रहेको एन्थोनीले सीएनएनलाई भने । एन्थोनीका अनुसार हालका नौ जना बिरामी मध्ये आठलाई बन्दुकको गोली लागेको छ।

कुल ३९ जना बिरामीमध्ये २८ जनालाई उपचार गरी घर पठाईएको छ ।

एक ८ वर्षीय बालकलाई शिकागो बिश्व बिद्यालयको बाल अस्पतालमा लगिएको थियो । यसै गरि गत जुलाई ४ का दिन एक बिरामीको हाईल्याण्ड पार्क शहरको अस्पतालको आपतकालीन विभागमा गम्भीर हेरचाह गर्ने क्रममा मृत्यु भएको उनले भने।

प्रहरीले गोलीकाण्डका आरोपी २१ बर्षिय रोबर्ट “बबी” ई. क्रिमोलाई पक्राउ गरिएको छ । हाल सम्म उनलाई औपचारिक रूपमा अभियोग लगाइएको छैन। आजै अभियोग लगाईने छ ।

उनले कानुनी रुपमा स्थानीय रूपमा बन्दुक खरिद गरेका थिए । उनले आक्रमणको क्रममा ७० पटक (राउन्ड) भन्दा बढी गोली चलाएको प्रहरीले बताए ।

क्रिमोले कानुनी रूपमा दोस्रो राइफल पनि किनेका थिए जुन गाडीमा फेला परेको थियो । साथै उनको निवासबाट अन्य बन्दुकहरू पनि बरामद गरिएको थियो ।

प्रतिक्रिया