टेक्ससमा सम्पन्न एनआरएनए अभियन्ता भेलाले गरेका ११ निर्णयहरु

इनेप्लिज २०७९ असार २४ गते ०:५३ मा प्रकाशित

१. गैर आवासीय नेपाली संघको निमन्त्रणालाई स्विकार गर्दै कार्यक्रममा प्रमुख अतिथीको रुपमा पाल्नु हुने नेपाल सरकारको पूर्व परराष्ट्र मन्त्रि महेन्द्र ब. पाण्डे लगायत अतिथिहरु, पत्रकारहरु र सम्पुर्ण सहभागीहरुमा यो भेला हार्दिक धन्यवाद ब्यक्त गर्दछ।
२. गैर आवासीय नेपाली संघको सुदृढीकरणका लागी निरन्तरता दिदै यस संस्था लाई सफल र सवल बनाउन ICC संग सहकार्य गर्ने ।
३. गैर आवासीय नेपाली संघ, अमेरिका लाई सबैको साझा र संस्थालाई सबै सदस्य हरुको अपनत्व महसुस गर्ने गराउन निम्न बुँदा हरु अबलम्वन गराउने :
क) NRNA USA को सदस्या वितरण प्रणाली अन्तराष्ट्रिय समन्वय परिषदले (ICC) ले निर्देशित गरेको मापदण्ड अनुरूपको प्रणालीमा जाने ।
ख) ICC अन्तर्गतको सदस्य दर्ता वितरण प्रणालीमा जाँदा सम्पूर्ण सदस्यहरुको (नयाँ वा पुराना सदस्यहरुको) अनिवार्यरुपमा Facial Recognition System (Facial Biometric) लागु गराउने र यसका लागी ICC संग सहकार्य गर्ने ।
ग) सदस्यता बन्नका लागी Credit Card र Debit Card बाट मात्र बन्न पाउने र एउटा Credit वा Debit Card बाट चार जना मात्र सदस्य बन्न पाउने व्यवस्था गर्ने ।
घ) संस्था सुदृढीकरण अभियान लाई सबै क्षेत्र, च्याप्टर तथा स्थानीय निकायमा पुर्याउने ।
४. निर्वाचीत च्याप्टर अध्यक्ष हरु लाई स्वत बोर्ड मेम्वर रहने ब्यवस्था गर्ने ।
५. नागरिकताको निरन्तरता र दुई देश बीचको दोहोरो कर प्रणाली सम्बन्धमा ICC मार्फत नेपाल सरकार समक्ष लबिङ्ग गर्ने ।
६. संघको लक्ष प्राप्तिका लागी निती तथा कार्यक्रम समिति संघको कार्यसमिति बाट निर्माण गर्ने ।
७. गैर आवासीय नेपाली संघ, अमेरिकाको रिक्त रहेको अध्यक्ष पदमा बरिष्ठ उपाध्यक्ष सीपी पौडेललाई मनोनयन गरियो ।
८. यस संघको संरक्षक परिषद सदस्यमा तत्कालिन अध्यक्ष कृष्ण लामिछानेलाई मनोनय गरियो ।
९. वर्तमान कार्यसमितिको रिक्त पदहरुमा पूर्ति गर्नु पर्ने आवस्यकता रहेमा संघका अध्यक्षले कार्यसमितिको सल्लाहमा पदपूर्ति गर्ने ।
१०. NRNA USA को आगामी निर्वाचन सम्पन्न गर्नका लागी ICC को मातहतमा निर्वाचन कमिटि गठन गर्नका लागी सहकार्य गर्ने ।
११.यस संघको २०२३-२०२५ कार्यकालका लागी सम्पूर्ण गैर आवासीय नेपालीहरुमा अन्तराष्ट्रिय समितिको मापदण्डमा सहभागी भै सदस्य बन्न अनुरोध गर्ने निर्णय गरियॊ ।

प्रतिक्रिया