नेपाली जनसम्पर्क समिति, अमेरिकाद्वारा नागरिकता विधेयक पुनः पेश गर्न माग

इनेप्लिज २०७९ असार २४ गते १:०४ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति, अमेरिकाले नागरिकता विधेयक फिर्ता लिइएको धटनाप्रति चिन्ता व्यक्त गर्दै उक्त विधेयक पुनः अविलम्ब संसदमा पेश गर्न नेपाल सरकारसॅग जोडदार माग गरेको छ । समितिका केन्द्रीय सभापति सुभाष घिमिरे र महामन्त्री क्रान्ति अर्याल भण्डारीद्वारा आज जारी गरिएको विज्ञप्तिको पूर्ण पाठ

नागरिकता विधेयक अविलम्ब पेश गरियोस्
——————————————————

प्रतिनिधि सभामा दर्ता भएको नागरिकता विधेयक हालै बसेको नेपाल सरकारको मन्त्रीपरिषदको बैठकद्वारा फिर्ता गरिएको दुःखद खबरले नेपाली जनसम्पर्क समिति, अमेरिका चिन्तित भएको छ । नेपालको संविधान २०७२ मा स्पष्ट रूपमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राखिएको यति लामो समय व्यतित भइसक्दा पनि सो संबन्धी आवश्यक कानून बन्न नसक्दा प्रवासमा रहेका लाखौं नेपालीजनप्रति राज्य गंभीर नभएको महशुस भइरहेको अवस्थामा संसदमा पेश भइसकेको विधेयक हठात् फिर्ता गरिनु अत्यन्त दुर्भाग्यपूर्ण छ । हामी नेपाली जनसम्पर्क समिति, अमेरिकाको तर्फबाट यस संवेदनशील विषयप्रति नेपाल सरकारको गंभीर ध्यानाकर्षण गर्दै सरकार समक्ष फिर्ता गरिएको उक्त विधेयक संसदमा अविलम्ब पुनः पेश गरियोस् भनी जोडदार माग गर्दछौं ।

जय नेपाल !
सुभाष घिमिरे
सभापति
नेपाली जनसम्पर्क समिति अमेरिका
केन्द्रीय कार्यसमिति

क्रान्ति अर्याल भण्डारी
महामन्त्री
नेपाली जनसम्पर्क समिति अमेरिका
केन्द्रीय कार्यसमिति

प्रतिक्रिया