अमेरिकाको डेलावेयर राज्यमा रहेका नेपाली मूलका नेवारी समुदाय समूह नेवा पुचले प्रथम भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी शनिबार जुलाई ९ का दिन नेवारी पटलक(बिभिन्न परिकारका खानेकुरा )सहित पहिलो भेटघाट तथा सत्कार कार्यकमको आयोजना तय गरेको छ ।
नेवारी समुदाय समूह नेवा पुचले डेलावेयर,पेन्सेल्भेनिया तथा न्यूजर्सी सहितका नेवारी समुदायलाई समेट्दै सहभागी हुन् आग्रह गरेका छन् ।
नेपाली नेवा पुच एउटा स्वयमसेवी समूह हो जसको उद्देश्य नेवारी कला ,परम्परा, संस्कृति आदि इत्यादिको संरक्षण र संरक्षण गर्नु हो । कार्यक्रममा नेवार समुदायका सबैलाई सहभागी हुन अनुरोध गरिएको छ ।
कार्यक्रम डेलावेयरको लम्स तालमा हुने भएको छ । कार्यक्रम १ देखि ५ बजे सम्म राखिएको छ ।
Lums Pond State Park, 1068 Howell School Rd, Bear, DE 19701
प्रतिक्रिया