अमेरिकामा गत जुन महिनामा ३ लाख ७२ हजारले रोजगार पाएका छन् । यो संगै बेरोजगारी दर ३.६ % मा रहेको छ । अर्थतन्त्रले ३७२,००० रोजगारी थप्दा अमेरिकी रोजगारी वृद्धि अपेक्षित भन्दा बलियो हुन् पुगेको छ ।
श्रम तथ्याङ्क बिभाग शुक्रबार जारी गरिएको तथ्याङ्क अनुसार मनोरञ्जन र आतिथ्य उद्योगले बलियो वृद्धि देखाउन देखाएको जनाएको छ । उक्त क्षेत्रमा ६७००० जागिर थपिएका छन् ।
स्वास्थ्य सेवा ,व्यावसायिक र व्यापार सेवाहरूमा पनि रोजगारीहरू थपिएका छन्।
औसत प्रति घण्टा कमाई महिनाको लागि ०.३ % वृद्धि भएको छ भने एक वर्ष अघि ५.१ % माथि थियो।
राष्ट्रपति जो बाइडेनले रोजगारको सकारात्मक परिणाम पाए पछि हर्ष व्यक्त गर्दै देशमा आर्थिक अवस्था राम्रो भएको बताए ।
प्रतिक्रिया